शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा इन्टर स्कुल टि -20 क्रिकेट प्रतियोगिता शुरु
मंसिर १६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १६ - 
सिरहाको लहानमा इन्टर स्कुल टि -20 क्रिकेट प्रतियोगिता शुरु विहिवार देखि शुरु भएको छ। श्रीराम जानकी युवा क्लव लहान - ४ को आयोजनामा संचालित प्रतियोगिताको विहिवार उद्घाटन गरिएको छ। राम जानकी युवा क्लवका अध्यक्ष मनोज सहनीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का सिरहा जिल्ला कमिटी सदस्य बिजय कुमार गुप्ताको प्रमुख आतिथ्यता उद्घाटन गरिको प्रतियोगिताको उद्घाटन सत्रका विशिष्ट अतिथिहरुमा वाइसीएल नेपालका कन्द्रीय सदस्य अशानन्द यादव , वाइसीएल नेपालका जिल्ला संयोजक विवेक परियार,वडा न .४ का वडा अध्यक्ष रामनाथ पण्डित रहनु भएको थियो ,भने अतिथिहरुमा स्थानीय समाजसेवी मो .मुक्तार अन्सारी , क्वालिटी टेलर्स & ट्रेडर्सका नसारुल अन्सारी, युवा नजाम अन्सारी लगायतका रहेका थिए। 

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि गुप्ताले ब्याटिंग र विशिष्ट अतिथि पण्डितले बलिङ्ग गर्दै गरेका थिए। प्रतियोगिता अन्तर्गत सम्पन्न उद्घाटन खेलमा एपोलो बोर्डिंग स्कुलले लोर्ड बुद्ध स्कुललाई १२० रनले पराजित गर्दै    विजय शुरुवात गरेका छन्। टस हारेर पहिला ब्याटिंग गरेको एपोलो स्कुलले १८ ओभरमा अल आउट हुँदै १५९ रनको योगफल तयार गर्न सफल भएको थियो। जवाफी ब्याटिंग गर्ने क्रममा लोर्ड बुद्ध स्कुलले ७ ओभर ३ बलमा अल आउट हुँदै ३९ रनमै समेटिएको थियो। पहिलो खेलको म्यान अफ द म्याच एपोलोका भावेश यादव भएका छन्। प्रतियोगितामा लहानमा १८ वटा स्कुलले सहभागिता जनाएका छन्। भने प्रतियोगिताको विशेष सहयोगीहरुमा क्वालिटी टेलर्स & ट्रेडर्स लहान -८ र एन.के.इन्टरप्राइजेज रहेको आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.