शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक दिने खुल्ला सरसफाई तथा जनचेतना मुलक कार्यकम सम्पन्न
मंसिर १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १९ - 
सिरहाको लहानमा एक दिने खुल्ला सरसफाई तथा जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ। " हाम्रो लहान सफा र सुन्दर लहान " मूल नाराका साथ लहान साईन युथ कमिटिको आयोजना र लहानका युवाहरुको सहभागितामा शनिबार एक दिने खुल्ला सरसफाई तथा जनचेतना मुलक कार्यकम सम्पन्न भएको हो। लागु औषध दुर्व्यसन,कुलत ,बलात्कार ,महिला हिँसा,फोहर मैला लगायतका विकृति विरुद्ध हाम्रो अभियानको नारा घन्काउदै सरसफाई गर्दै लहान परिक्रमा गरेका छन्। कमिटीमा आवद्ध युवा भोलाजित नेपालका अनुसार पशुपति आदर्श माविको प्राङ्गन बाट निस्केको जनचेतना मुलक रयाली लहानको मुख्य चौकहरु परिक्रमा गरि लहानको शहिद चौकमा पुगी कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै युवाहरुले आगामी दिनमा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजनागरी " हाम्रो लहान सफा र सुन्दर लहान "निर्माणमा पछि नपर्ने घोषणा गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.