शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नवनिर्वाचित काँग्रेस सभापति चौधरी सम्मानित
मंसिर १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १९ - 
नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का नवनिर्वाचित सभापति तथा समाजसेवी महेश चौधरी सम्मानित भएका छन्। सिरहाको गोलबजारमा अवस्थित एबी  मल सिरहा सुपर मार्केट परिवारले एक कार्यक्रमको आयोजना गरि चौधरीलाई सम्मान गरेका हुन्। एबी मलका सीईओ पिन्टु कुमार राउतले  सभापति चौधरीलाई फुलमाला, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरेका छन्। सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नम्बर ७ का  वडा कमिटी सचिव एवम् युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा समाजसेवी तथा नवनिर्वाचित सभापति चौधरीलाई सम्मान गरिएको छ । क्षेत्रीय सभापतिमा निर्वाचित चौधरी यसअघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन् । समाजसेवामा सक्रिय चौधरीलाई लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारको रुपमा हेरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.