शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पशुपति आदर्श मावि विरुद्ध व्यापारी आन्दोलित
मंसिर २०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर २० - 
श्री पशुपति आदर्श मावि लहान मटिअर्वा लहान ७ का व्यवस्थापन समिति तथा शिक्षकहरु विरुद्ध स्टल पसल जग्गा संघर्ष समिति विभिन्न माग राख्दै आन्दोलित भएका छन्। पशुपति आदर्श माविको उत्तरतर्फ रहेको जग्गामा स्टल निर्माण वापत ८७ जना व्यापारीहरु सँग रकम असुली गरेको छ । विद्यालयले व्यापारीसँग स्टल बापत ९ बर्ष अगाडि करिब दूई करोड रकम उठाएको प्रमाण सहित व्यापारीहरु आन्दोलित भएका हुन् । रकम उठाएपनि हालसम्म स्टल निर्माण नगर्दा र पैसा पनि फिर्ता नदिदा व्यापारीहरु पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ति जारि गर्दै आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् । आन्दोलित व्यापारीहरुले २०७८ मंसिर २१ गते विधालय तथा पदाधिकारीहरु विरुद्ध जुलुस तथा कोणसभा,मंसिर २२ गते लहान नगरपालिका।,ईलाका प्रशासन कार्यलय ,ईलाका प्रहरी कार्यलयलाई ध्यानाकर्षण , मंसिर २३ गते देखि २८ गते सम्म सम्बन्धित निकायमा कालो झण्डा प्रदर्शन र २९ गते जग्गा उपयोग गर्न तयारि गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। 

हिसाबकिताव सार्वजनिक गर्न माग गर्दै भाडावालहरुले सांसद पद्मनारायण चौधरी, प्रदेश साँसद लगनलाल चौधरी, तत्कालिन प्रधानाध्यापक परमेश्वर राय लगायत ५ जना विरुद्ध ठगी मुद्दा समेत दिएको छ । यसवारे पशुपति माविका वर्तमान प्रअ डा.महेन्द्र चौधरी संग बुझ्दा उनका अनुसार कस-कसले कति रुपैयाँ दिएको हो,त्यो हामीलाई थाहा भएको छैन । पूर्व प्रअ प्रमेश्वर रायले बरबुझार्थ नगरेकोले हिसाब एकिन नभएको। पूर्वप्रअ रायलाई पटक-पटक बरबुझार्थको लागि पत्राचार गरेका छौ। हिसाब एकिन भएपछि यथाशिघ्र स्टल निर्माण गरी भाडावाललाई दिने हो । नभए रकम नै फिर्ता गर्ने हो। तर विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छैन । अब दूई चार दिनमा विद्यालय व्यवस्थापन समितिको म्याद पनि समाप्त हुँदैछ । म के गर्न सक्छु ? उनको तर्क छ।

यता घर तथा जग्गा भाडा उपभोक्ता समितिका संयोजक प्रमोद दासले ४ देखि ६ लाखसम्म एक जनाबाट रकम उठाएको बताएका छन। आज ९ बर्ष भन्दा पनि बढी भयो । हामीलाई व्याजसहित रकम फिर्ता गरियोस् । की त स्टल निर्माण गर्न सकिदैन भने हामी आफै सो जग्गामा घरटहरा बनाएर व्यापार गर्छौ । प्रहरी प्रशासन पनि भ्रष्टाचारीकै पक्षमा रहेको भन्दै पीडितलाई न्याय कसले देला ?  संयोजक दासले हाम्रो विकल्प अब आन्दोलन नै हो । हामीलाई सडकमा जान बाध्य पारेको उहा बताउँछन् । सो समितिले भ्रष्टाचार बन्द गर, ठगी गर्ने व्यकितलाई कारवाही गर भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.