शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको स्टल काण्ड उग्ररूप लिदै, ठगी विरुद्ध पशुपति माविमा तालाबन्दी
मंसिर २५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर २५ - 
लहान स्थित पशुपति आदर्श मा.वि ले व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले पशुपति आदर्श मा.वि मा तालाबन्दी गरेका छन्। स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो गर्दै आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै शुक्रबार कालो झण्डा र विभिन्न प्लेकार्ड सहित नारा जुलुस गर्दै शुपति आदर्श मा.वि.लहानको प्रशासन शाखा र प्र.अ.को कार्यकक्षमा तालाबन्दी  गरेका हुन्। पशुपति मा. वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा साँसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत व्यापारीहरुबाट करिब दूई करोड रुपैयाँ उठाइएको थियो । तत्कालिन प्र.अ प्रमेश्वर राय र हालका प्र.अ डा.महेन्द्र चौधरीलगायतले  समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ । 'वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण प्रक्रिया शुरु नभएको देख्दा हामी बाध्य भएर कडा आन्दोलनमा उत्रेका छौ ।' घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले बताए ।

उक्त समितिका पदाधिकारी अनुसार व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन् । तर हालसम्म न त स्टल नै बनेको छ, न पैसा फिर्ता भएको छ । उठाएको रकम हिनामिना भएको पिडित व्य्पारिहरुको दावी रहेको छ । संघर्ष समितिका संयोजक दासले भने 'हामी न्यायको लागि प्रहरीमा जाँदा ठगहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाएदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ।आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म हाम्रो आन्दोलन जारि रहने चेतावनी दिएका छन्। पिडित व्यापारीहरु मंसिर २१ गते देखि निरन्तर विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.