शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हिमालयन विद्या निकेतन द्वारा कल्चरल प्रोग्राम सम्पन्न
मंसिर २५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर २५ - 
सिरहाको लहान नगरपालिका वडा नम्बर ६ मा अवस्थित हिमालयन विद्या निकेतन स्कुल द्वारा आयोजित बृहत् कल्चरल प्रोग्राम सम्पन्न भएको छ। २०७२ सालमा ६ जना शेयर धनीको आर्थिक लगानीमा संचालनमा आएको यो स्कुल विस्तारै  गुणस्तरीय शिक्षाको हव बन्दै गएको छ। हाल उक्त स्कुलमा ८३५ जना छात्रछात्राहरु अध्यनरत रहेको स्कुलका स्कुलका अध्यक्ष किशोर चौधरीले जानकारी दिए।  अध्यक्ष चौधरीका अनुसार हामि  प्रत्येक बर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम मनाउदै आएका छौ " गत वर्ष कोरोना महामारीका कारण कार्यक्रम गर्न नसकेपनि यस वर्ष देखि पुनः निरन्तरता दिदै कार्यक्रम गरेका छौ ,उनले बताए। स्कुलमा अध्ययनरत रहेका विध्यर्थिहरुले  तराईमा बसोबास गर्ने सबै भेष-भुसामा सिङ्गारीएर विभिन्न धर्म संस्कृति संग जोडिएका खाने परिकारहरु बनाएर बनाउदै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। स्कुलका प्रीन्सिपल अमृत चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका शिक्षा शाखा  प्रमुख अमिर लाल यादव रहेका थिए। त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश के सी रहनु भएको थियो भने  कार्यक्रमको उद्घोषण शिक्षक जीवन यादवले गरेका थिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.