शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वेवारिसे फेला परेका शिशुको सिरहा अस्पतालमै छठियार
मंसिर २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर २७ - 
वेवारिसे अवस्थामा फेला परेको शिशुको सिरहा अस्पतालमै छठियार गरिएको छ। सिरहाको धनगढीमाई नपा १० जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा वेवारिसे अवस्थामा फालिएको नवजात शिशु फेला परेको थियो। गत बुधवार राती सडक छेउमा बच्चा रोईरहेको अवस्थामा बाटोहिले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।नावालक शिशुको यहि हप्ताभित्रै कुनै अस्पतालमा जन्म भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आकलन गरिएको हो । बच्चलाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएको थियो ।अवैध सम्वन्धका कारण बच्चा जन्मेकाले समाजीक भयका कारण आमाले घरलान नसकि बाटोमै छोडेर हिडेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ।अहिले शिशु लाई जिल्ला अस्पताल सिरहामा राखि स्याहार-सुहार भइरहेको छ। शिशु फेला परेको ६ दिन पुगेको शुभ अवसरमा हिजो जिल्ला अस्पतालमै संचारकर्मी ,अधिकारकर्मी ,सरोकारवाला ,डाक्टर तथा नर्सहरुको उपस्तिथिमा शिशुको नामाकरण तथा न्वराण (छ्ठीहार)कार्यक्रम सम्पन्न भएको छ। बच्चाको नामाकरण गर्न आग्रह गरिएकोमा विभन्न नामहरु आएकोमा गोला प्रथा द्वारा शिशुको नाम आभाष राज छनौट भएको वरिष्ठ संचारकर्मी देवकुमार यादवले जानकारी दिएका छन्। संचारकर्मी यादवका अनुसार नवजात शिशुको नामाकरण तथा न्वराण कार्यक्रमको आयोजना अस्पतालमा कार्यरत नर्सहरुले गर्नु भएको थियो। 

यसै बीच जिल्ला प्रशासनले बच्चालाई जिम्मा लिन चाहनेका लागि सूचना निकालेको छ । जिल्ला प्रशासनले तोकेको मापदण्ड अनुसार विवाहितले बच्चालाई जिम्मा लिनुपर्नेछ । यता बच्चा कसको हो र किन फालिएको हो भन्ने भिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.