शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खुल्ला दिशामुक्त क्षेत्र घोषणामा सघाउन स्थानीयलाई आग्रह
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता

रुनकेश कामती - 
सिरहा, १३ फाल्गुन । सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले आ–आफ्नो घरमा चर्पी बनाई खुल्ला दिशामुक्त क्षेत्र घोषणामा सघाउन स्थानीलाई आग्रह गरेका छन् । नगरपालिका र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) सिरहा शाखाद्धारा सिरहाको ठेङ्गहीमा बिहीबार आयोजना गरिएको वडा स्तरीय सरसफाई सम्मेलनमा बोल्दै अधिकृत यादवले आ–आफ्नो घर–घरमा चर्पी बनाएर “एक घर एक चर्पी, वडा नं. ९ को शान, पूर्ण सरसफाई युक्त, वडा हाम्रो पहिचान” को नारालाई सार्थक तुल्याउन आग्रह गरेका छन् । नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलन कार्यक्रमका लागि वाटर एड नेपालले सहयोग गरेको नगरपालिकाका सरसफाई तथा वातावरण प्रमुख सुरेश चौरवारले बताएका छन् । 

उक्त कार्यक्रममा शहरी वातावरण व्यवस्थापन समाजका टिमलिडर सुजित चौधरी, अनुगमन तथा दस्तावेज अधिकृत सुदिप मानन्धर, निमावि ठेंगहिका प्रधानाध्यापक प्रमेश्वर यादव, सिरहा क्याम्पसका प्रध्यापक अमिरी यादव, नगरस्तरीय राजनितिक दलका प्रतिनिधी, बुधन यादव, दिपेन्द्र महतो, मो. मुस्ताक, सतिला यादव, राम जतन साफी, देबेन्द्र यादव, शिक्षक संगठनका जिल्ला अध्यक्ष शिव नन्दन यादव, समाजसेवी, बुद्धिजिवी, पत्रकार, महिला, पुरुष, शिक्षक, विद्यार्थी, प्रहरी  लगायतको सहभागिता रहेको चौरवारले बताए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.