शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वर्ष २०२२ का लागि जेसिज अध्यक्षमा कुमु चौधरी निर्विरोध
पौष १६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पुस १६ - 
लहान सिटि जेसिजको २०औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट लहान सिटि जेसिजको इतिहासमा पहिलो पटक महिलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका छन्। सम्पन्न अधिवेशन बाट वर्ष २०२२ का लागि अध्यक्षमा कुमु चौधरी, कार्यकारीणी उपाध्यक्षमा स्व्यमेव साह , उमेश साह ,तालिम निर्देशकमा नविन गोसाई, जनसम्पर्क अधिकृतमा उमेश कुमार यादव संगै उपाधक्ष्यमा राकेश साह ,राम बाबु ठाकुर ,सुनिल कार्की र अनिल साह निर्विरोध चयन भएका छन। भने मनोनित पदहरुमा फिरोज शेख ( महासचिव ),रन्जु सिंह ( कानुनि सल्लाहकार ) र  जागेश्वर पासमान कोषाध्यक्षमा मनोनित भएका छन्। वर्ष २०२१ का अध्यक्ष अजय जयसवालको अध्यक्षता तथा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साहको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा  अधिवेशनका निर्वाचन अधिकृत बसन्त कुमार साह रहनु भएको थियो। सम्पन्न साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध सम्पूर्ण साधारण सदस्य देखि लिएर वर्ष २००२ देखि २०२०  सम्मका सम्पूर्ण पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.