शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वर्गीय सङ्गिता कर्मचार्य स्मृति प्रतिष्ठान द्वारा २०० कम्बल वितरण
पौष २३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २३ - 
 स्वर्गीय सङ्गिता कर्मचार्य स्मृति प्रतिष्ठानले गर्दै आएका मासिक कार्यक्रम अन्तर्गत बिहीवार लहान नगरपालिका भित्रका दुई सय जना अति विपन्न परिवारलाई जाडाे छल्न प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी महेश चौधरीले कम्बल वितरण गरेका छन्। चौधरीले श्रीमती गुमाएको हप्ता दिनभित्रै स्वर्गीय सङ्गिता कर्मचार्य स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन मासिक कार्यक्रम गर्दै समाजसेवामा लागेका हुन्। बिहीबार पनि समाजसेवी चौधरीले अति विपन्न दुई सय जनालाई  कम्बल वितरण गर्दै मासिक कार्यक्रमलाई निरन्तरता दिएका हुन्। लहान नगरपालिका वडा नम्बर नं. १२ ,१५ ,२२ र २४ अन्तर्गत पर्ने मानिकदह,झुटकी,ढोडना, बेलिजटीयाही र शिशवनीका जाडाे प्रभावित परिवारहरुलाई  कम्बल वितरण गरिएको समाजसेवी चौधरीले जानकारी दिएका छन्।समाजसेवी चौधरी कोरोना महामारी सुरु भए देखि  गरिब, दलित, एकल महिला, असहाय, अनाथ बालबालिका लगायत निमुखा जनताकाे सहारा  बन्दै आएका छन्। हाल चौधरी नेपाली  कांग्रेस सिरहा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति पनि हुन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.