शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका पुर्व मेयर केसी एमाले प्रवेश
पौष २६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २६ - 
सिरहाको लहानमा  नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशन सुरु भएको छ। दुई दिन सम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा लहान नगरपालिकाको पुर्व मेयर प्रकाश केसी नेकपा एमाले मा प्रवेश गर्नु भएको छ । नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनमा एमालेका महासचिव शंकर पोखरेलले उहाँलाई फूलमाला लगाइ पार्टीमा प्रवेश गराउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर केसी एमाले प्रवेश गर्दै राष्ट्रियता,समृद्धि र विकासको लागि एमाले नै उपयुक्त पार्टी भएको बताउनुभयो ।  

यसै बीच जिल्ला अधिवेशनको उद्घाटन सत्र लाई सम्बोधन गर्नु हुँदै महासचिव पोखरेलले आउदो निर्वाचनमा प्रदेशमा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दाबि गर्नु भयो। विगतका घटनाहरु र अवस्थाबारे विश्लेषण गर्दै अरु पार्टीका नेताहरु मधेश आन्दोलनको रोटि सेक्दै आफ्नो आसे -पासे र कार्यकर्ताको भुडी फुलाउने काम मात्र गरेको जनताले बुझिसकेको बताउदै जहिले पनि भाग-भन्डा र भ्रष्टाचारमा लिप्त प्रदेश २ सरकारलाई सातै प्रदेशको तुलनामा सब भन्दा निकम्मा र नालायक सरकारको संज्ञा दिनुभयो। यति बेला हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्व विरुद्ध चौतर्फी घेरा बन्दि छ ,मोर्चा बन्दि भईरहेको छ । हाम्रो पार्टी अहिलेको अबस्थामा एक्लै मोर्चा बन्दि विरुद्ध  एक ठाउँमा उभिएको उनले बताए। उनले प्रस्टयाउदै भन्नु भयो " नेकपा एमाले पार्टी र त्यसका नेताहरुले देश र जनतका विरुद्धमा,विकास र समृद्धिको विपक्षमा काम गरेका करणले घेरा वन्दीमा परेको हैन, राम्रो काम गरेको कारण हामि घेरा बन्दीमा परेका हौ। घेरा बन्दी गर्ने दलहरुलाई यहि मंच बाट आह्वान गर्न चाहान्छु " हिम्मत छ भने आउँदो निर्वाचनमा विना मोर्चा बन्दि मैदानमा आऊ" अनि तिम्रो वास्तविक हैसियत थाहा हुने महासचिव  पोखरेलले चुनौती दिएका छन् । 

कार्यक्रममा पार्टी स्थायी कमिटि सदस्य सचिव रघुबीर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साह,पोलिटब्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ,ज्वाला कुमारी साह,अचुत्य मैनाली केन्द्रिय सदस्यहरु गंगा प्रसाद यादव,सुमन प्याकुरेल,रामपृत राम र रामरति राम, प्रदेश अध्यक्ष राम औतार यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लहान ९ का क्रियासिल युवा मोहम्मद इम्तियाज सहित दर्जनौ युवा तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.