शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी द्वारा ४० जनालाई कम्बल सहयोग
पौष २६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २६ - 
लहान नगरपालिका १६ को विपन्न वस्तीमा समाजसेवी तथा नेपाली कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले चिसो छल्न कम्बल सहयोग गरेको छ । चौधरीले वडा नम्बर - १६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक, अपांग,एकल महिला तथा असहाय ४० जना लाई कम्बल सहयोग गरेको हो। चौधरी हरेक महिनाको २२ गते पत्नीको सम्झनामा स्वर्गीय सङ्गिता कर्मचार्य स्मृति प्रतिष्ठान द्वारा  गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आइरहेकोमा बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै आइतबार २५ गते पनि कम्बल सहयोग गरेका हुन्। यस अघि पौष २२ गतेका दिन चौधरीले वडा नम्बर १२, १५, २२ र २४ का मानिक दह, बेलीजटियाही, ढोढना लगायत विपन्न वस्तीमा २०० परिवारलाई कम्बल उपलब्ध गराई सहयोग गरेको थियो। कोरोना कहर सुरुभएदेखि नै लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर-घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए । सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भयो । उपचारको क्रममा उनको निधन भयो। 

पत्नीको गरिब विपन्नलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिँदै आएको चौधरीले सुनाए । ‘समस्यामा परेको व्यक्तिहरुलाई संगिताले सहयोग गर्नुपर्ने अभियान नै चलाएको थियो,’उनले भने,‘उनका अभियानलाई कहिल्यै पनि रोक्ने छैनौँ ।’ चौधरीले संगिता कर्माचार्य स्मृति प्रतिष्ठान संस्था बनाएको छ । प्रतिष्ठान मार्फत थप हरेक महिना राहत वितरण गर्दै आएको छ । विगत दुई वर्षमा लहान, भगवानपुर, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टि लगायतका विपन्न वस्तीमा संगिता महेशले चार हजार भन्दा परिवारलाई चामल, दाल, नुन, तेन, तरकारी राहत स्वरुप वितरण र चिसो महिनामा कम्बल सहयोग गरेको छ । ४ जना विद्यार्थीलाई प्रतिष्ठान मार्फत शिक्षण गराउँदै आएको छ ।    

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2022 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.