शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्याब्सन प्रदेश - २ को अध्यक्षमा रेग्मी निर्वाचित
पौष २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २८ -
 निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को सम्पन्न तेस्रो अधिवेशन बाट  दिपक कुमार रेग्मी निर्वाचित भएका छन्। मंगलवार साँझ सिरहाको धनगडीमाई -१ मा अवस्थित वाटिका टुरिजम प्रालिमा सम्पन्न अधिवेशन बाट प्रदेश नम्बर – २ को अध्यक्ष पदमा (रौतहट) जिल्लाका दिपक कुमार रेग्मी निर्वाचित भएका हुन् । अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएको थियो , ‘भने बाँकी अन्य पदहरुका पदाधिकारीहरु सहमतीमै चयन गरिएको थियो । प्याब्सन प्रदेश नम्बर - २ मा ३ सय ५१ मतदाता संख्या रहेकोमा २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिब पदका लागी खसेको कुल २ सय २७ मतमा अध्यक्ष पदमा ४ मत बदर भएको थियो, ‘भने – सचिव पदमा ७ मत बदर भएको थियो ।, अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्ण २७ मतको फरक अन्तरले पराजित भएको जनाईएको छ । त्यसैगरी सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले (धनुषा) का गणेश कुमार साह पराजित गरी विजय भएको छ ।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा श्याम कुमार केसी (पर्सा ) , उपाध्यक्ष : जगदिश प्रसाद सिंह (धनुषा) , महिला उपाध्यक्ष : रिभा ठाकुर (सप्तरी) , कोषाध्यक्ष : मीरा थापा ( सिरहा) , सह– कोषाध्यक्ष : मनोज कुमार यादव ( सिरहा ), सह–सचिवमा हरी बहादुर थापा (सर्लाही) रहेका छन्। त्यस्तै सदस्यहरुमा क्रमश : सिंहेश्वर पासवान ( सिरहा) , दिलबहादुर फुयाँल ( सर्लाही ) , राम सोगारत साह ( महोत्तरी ) , डा. हरिशंकर प्रसाद साह (पर्सा ), इमामुद्धिन अहमद ( पर्सा ) निर्बिरोध रुपमा चयन भएको प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष उमेश कुमार यादवले जानकारी दिएका छन् । सोमवार सम्पन्न उद्घाटन सत्र कार्यक्रमलाई संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले उदघाटन गर्नु भएको थियो। निवर्तमान  प्याब्सन प्रदेश– २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्र , प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । तिन बर्ष कार्यकालका लागि नव– निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी प्रमुख अतिथि शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादव लगायतका अतिथिहरुले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिइएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरीले जानकारी दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.