शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारक्ट्टी गाउँपलिकाको दशौं गाउँ सभा सम्पन्न, ५ जना जग्गादाता सम्मानित
पौष ३०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष ३० - 
सिरहाको सखुवानन्कारक्ट्टी गाउँपलिकाको दशौं गाउँ सभा विहिवार सम्पन्न भएको छ । चालु आ. व. २०७८/ ०७९ को नीति , बजेट तथा बार्षिक विकास कार्यक्रमहरुलाई  सम्पन्न सभामा संसोधन गर्दै कार्यपालिका सम्पुर्ण पदाधिकारीहरुले सामुहिक रुपमा अनुमोदन गरेको थियो ।सर्वसम्मत रुपमा सभा सम्पन्न भएको जनाइएको छ।सभा अध्यक्षको आसन्न बाट सभा लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केदारनाथ यादवले 'आफुहरुको कार्यकाल ( बितेको चारबर्ष )  भित्र पालिकामा नमुना कामकाजहरु भएको दावी गरे ।,कृषि , स्वास्थ्य , शिक्षा , पुर्वाधार, लगायत लक्षितवर्ग उत्थान र विकासको क्षेत्रमा गाउँपालिकाले सराहनीय , उपलब्धीमुलक र उदाहरणिय कामहरु भएको बताएका छन् ।

वडा नम्बर १ देखि ५ सम्म समान बजेट वितरण , कृषि क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न,  विपन्न वर्गलाई लक्षित गरि हरेक बस्तीमा शुद्ध  खानेपानीको पहुँच बिस्तार  , पालिका भित्रका विभिन्न बस्ती र टोलहरुमा  आरसिसी ढलान , ग्राभेल माटोको काम , कृषि सडक ,  पुल - पुलेसा ,सामुदायिक विधालयको भवन निर्माण , शिक्षा सुधार लगायतका कामहरु नमुना तवरले संचालन भएको अध्यक्ष यादवले जारी सभामा सुनाए  ।बिकास निर्माणका लागि नेपाल सरकारबाट न्युन बजेट आएपनि सोच र सहमतिको कारण यी कार्यहरू सफलता पुर्वक सम्पन्न भएको सुनाउदै उनले भने , 'स्थानीय सरकार संचालन ऎन - २०७४ को परिधिभित्र रहि  गाउँपालिकाको हरेक कामहरु नियम संगत भएकोले कार्यको प्रसंसा जिल्ला र जिल्ला बाहिर समेत भैरहेको कार्यपालिका सदस्यहरुलाई जानकारी गराए ।

क्षेत्रफलको आधारमा पालिकाको विकासिय बजेट कम भएपनी सबैक्षेत्रलाई प्राथमिकतामा राखी काम गरेको छु, आगामी दिनमा जनताको चाहना र आव्यशक्ता अनुसारका योजनाहरुलाई कार्यान्वयन गराउन आफू पछाडी नहट्ने अध्यक्ष यदवले प्रतिबद्धता गरेका छन् ।सिरहा क्षेत्र नम्बर १ को 'ख' बाट प्रत्यक्ष निर्वाचित  प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा आमाबुवाको सम्झनामा १० शैया अस्पतालको लागि  १० कठ्ठा जग्गा दान गरेका एकै परिवारका ५ जना दाजुभाई लाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा द्वारिका प्रसाद यादव , बद्री नारायण यादव ,रामविलास यादव, रामप्रसाद यादव , र रामकुमार यादव रहेका छन्।

त्यस्तै सूचना प्रविधिको क्षेत्रमा गाउँपालिका लाई देशभरीमा उत्कृष्ट बनाउन अहम भूमिका खेल्नुभएका सखुवानन्कारकट्टी गाउँपालिकाका आईटी अफिसर विशेश्वर यादवलाई समेत सोहि सभामा सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले जानकारी दिनुभयो। गाउँपालिकाका सम्पुर्ण कर्मचारी , कार्यपालिका सदस्यहरुको उपस्तिथिमा सर्वसम्मत रुपले सहमतिमा भव्य र सभ्य तरिकाले सभा सम्पन्न भएको गाउँपालिकाका सुचना अधिकारीले जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.