शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
किसान विधेयक जारी गराउन जनमत पार्टीको महारैली
माघ १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ १ - 
जनमत पार्टीले शुक्रबार किसान महारैली सम्पन्न गरेको छ। किसानको हकहितका लागि ११ सूत्रीय माग पूरा गर्न किसान विधेयक ल्याउनुपर्ने  आवश्यकता रहेको आन्दोलनकारीहरुले माग गरेका छन्। सिराहमा प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले २२ दिनसम्म किसानले आन्दोलन गर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै आक्रोश पोखेका छन् । उनले किसानले अब भ्रष्टमन्त्री र नेताहरुलाई जनकारबाही गर्नुपर्नेसमेत उद्घोष गरे । उनले सिँचाइमा प्रयोग हुने विद्युतको मोटर समात्न आउने विद्युत प्राधिकरणका कर्मचारीमाथि जनकारबाही गरिने चेतावनीसमेत दिए । उनले राज्यले सिँचाइको सुविधान नदिने अनि किसाले पानी हाल्दा मोटर समात्ने भन्दै उनीहरुलाई जनकारबाही गर्नुपर्ने बताए । किसानका माग पूरा गर्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखी जनमत पार्टीले आन्दोलन गर्दै आएको छ ।

सरकारले माग पूरा नगरे अब राजमार्ग बन्दमात्र नगरिने राजमार्गमै खाना पकाएर खाने बताउदै डा. राउतले जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनुको विकल्प नभएको बताए । मलखाद्य र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएको भन्दै सरकारी रबैया किसान विरोधी भएको बताए । उनले  स्थानीय सरकारका प्रमुखहरूलाई महाभारतको जरासंधको संज्ञा दिएका छन् । स्थानीय सरकार महाभारतको जरासंध भएकोले बलराम जस्तै हलो उचालेर जरासंध जस्तो प्रवृृतिको अन्त गर्नुपर्ने डा. राउतले बताएका छन् । ‘जरासंधलाई बलरामले हलो उठाएर अन्त गर्‍यो,’ उनले भने,‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति  किसानले आफ्नो शक्ति देखाएर अन्त गर्नुपर्छ ।’ शुक्रबार विभिन्न माग राख्दै किसान आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले तराइका जिल्ला सदरमुकामहरुमा विशाल प्रदर्शन गरेको छ । पूर्वको झापादेखि बर्दियासम्म शुक्रबार जनमत पार्टीले प्रदर्शन गरेको हो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.