शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यार्थीमाथि छुरा प्रहार प्रहरी उजुरी लिन मानेन्न
माघ २, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ २ - 
सिरहाको नवराजपुर गाउँपालिका ४ का १५ वर्षीय विद्यार्थी रामरिझन यादवमाथि छुरा प्रहार भएको घटनाका आरोपीहरु माथि किटानी जाहिरी दिंदा पनि प्रहरी उजुरी दर्ता गर्न नमानेको पिडित पक्षले आरोप लगाएका छन्। नवराजपुर गाउँपालिका अन्तर्गत रहेका स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत यादवमाथि पुस २९ गते राति करिब ८ बजे ६ जनाको समुहले कुटपिट गर्दै छुरा प्रहार गरेको थियो। पिठ्यूमा छुरा लागेर गम्भीर घाईते भएका यादवको उपचार लहानमा सम्भव नभएपछि विराटनगर लगिएको थियो । विराटनगरमा उपचार गरि हिजो साँझ घर  फर्केका उनि सहित उनका परिवारजनले आज पत्रकार सम्मेलन गरि प्रहरीले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका छन्। यादवका काका जागेश्वर यादवका अनुसार घटनामा संलग्न ६ जनामाथि प्रहरीमा उजुरी दिएका छौं । तर प्रहरीले उजुरी दर्ता गर्न मानेका छैनन । दुई जनालाई पक्राउ गरेपनि राजनीतिक दबाबमा छाडिएको उनले बताए। प्रहरीले अपराधीहरुलाई कारबाही गर्न कुनै चासो नदेखाएका कारण बाध्य भएर न्यायका लागि पत्रकार सम्मेलन गर्नु परेको बताउदै अपराधीलाई बचाउन प्रहरी नै लागिपरेको दुखेसो पोखे। 

पीडित यादवका नातामा दाई पर्ने दिपेन्द्र यादवले नेपाली काँग्रेसका नेता र सोही पार्टीबाट निर्वाचित रहेको गाउँपालिका प्रमुख विश्वमोहन यादवले अपराधीलाई बचाउन लागिपरेको आरोप लगाउदै" अपराधी जो कोहि भएपनि प्रहरीले ति अपराधीहरुलाई तुरुत पक्राउ गरि कारबाही  प्रक्रिया अगाडी बढाउनु पर्ने जोडदार माग गरेका छन।

छुरा प्रहारबाट घाईते यादव अहिले पनि नियमित औषधी खाइरहेका छन् । उनको पिठ्यूको घाउँ निको भएको छैन । उनी भन्छन्- नवराजपुरमै भोज खाएर दुई जना घर फर्किदै थिए । विद्यालय नजिक आएपछि अचानक सोहि गाउँपालिकाका सन्तोष यादव,कृष्णा मण्डल,बिनोद यादव,रामअधिन यादव,देवराम यादव र रोस्तम मियाँ समेत गरि ६ जनाको समुहले आएर मोटरसाइकलबाट जबर्जस्ती लच्छार -पच्छार र कुटपिट गर्दै ज्यानै लिने उदेश्यले मलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहार हुँदा रगत बगन थाल्यो र म त्यही बेहोस भएर लडे । त्यसपछि के भयो, मलाई केहि थाहा भएन।

पिडित यादवका अनुसार विद्यालय व्यवस्थापन समितिको चुनाव हुने भएकाले पुस २९ गते विद्यालयमा विद्यार्थीको नामांकन भइरहेको थियो । गलत ढंगले गरिरहेको नामांकनको विरोधमा मैले बोलेपछि विनोद यादव लगायतले मलाइ ज्यान मर्ने धम्की दिएको थियो । सोहि दिन ममाथि छुरा प्रहार भयो। अहिले ति अपराधीहरु खुल्लेआम घुमिरह्दा पनि यसमा प्रहरीले कुनै सक्रियता नदेखाएकोले सम्बन्धित सम्पूर्णसरोकारवालाहरुमा न्यायका लागि पहल गरिदिन् हुन् अनुरोध गर्दछु भनि पिडित यादवले अपिल गरेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.