शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिजले युवा शक्तिलाई कुलतवाट जोगाउन लाग्नुपर्छ ः वक्ताहरु
माघ १६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ माघ १६ - 

युवा शक्तिलाई कुलतबाट जोगाउन लहान सिटि जेसिजले चेतनामुलक कार्यक्रम मार्फत जागरण अभियान थाल्नुपर्ने वक्ताहरुले बताएका छन्। लहान सिटी जेसिजको २० औ पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरुले यस्तो बताउनु भएको हो । समृद्ध, सुन्दर र विकसित लहान बनाउने अभिभारा पूरा गर्न लहान सिटी जेसिजले लहानको यूवाहरुलाई सहि मार्ग निर्देशन गर्नको लागि कुलतवाट जोगाउन टोल- टोलमा जागरण अभियान थाल्नुको साथै नगरपालिका भित्र जन जागरणको अभियान थाल्नु पर्ने सुझाब दिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौला, विशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी, लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साह,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य,लायन्स कलाव अफ लहान सनसाइनकि अध्यक्ष पुनम चौधरी र पत्रकार जिबछ उदासीले वर्ष २०२२ का निर्विरोध निर्वाचित प्रथम महिला अध्यक्ष कुमु चौधरी लगायत निर्वाचित तथा मोनोनित सम्पूर्ण जेसिज पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै आफनो भाषा,संस्कृति र शिक्षामुखी समाज निर्माण गर्न लहान सिटी जेसिजले परिवर्तित अवस्थामा परिवर्तित कार्यक्रम गर्नुपर्ने सुझाब दिएका थिए । 

पद हस्तान्तरण गर्ने क्रममा वर्ष २०२१ का अध्यक्ष अजय जयसवालले जेसिजका अध्यक्षले लगाउने चेन वर्ष २०२२ का  प्रथम महिला अध्यक्ष कुमु चौधरीलाई हस्तान्तरन गरि कार्यभार हस्तान्तरण गर्नुभएको थियो। अध्यक्ष चौधरीले निर्वाचन अधिकृत वर्ष २०२० का अध्यक्ष वसन्त साहको रोहबरमा निवर्तमान अध्यक्ष अजय जयसवाल बाट पद तथा गोपनियताको सपथ लिई पदभार ग्रहण गर्नु हुदै बिगतका अध्यक्षहरुले गर्नु भएका सकरात्मक कार्यहरुलाई नियाल्दै समाज परिवर्तन तथा नेतृत्व विकासमा नौलो र रचनात्मक कार्य गरेर लहान सिटी जेसिजमा नयाँ ईतिहास रच्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। 

वर्ष २०२२ का लागि कार्यकारीणी उपाध्यक्षमा स्व्यमेव साह , उमेश साह ,तालिम निर्देशकमा नविन गोसाई, जनसम्पर्क अधिकृतमा उमेश कुमार यादव संगै उपाधक्ष्यमा राकेश साह ,राम बाबु ठाकुर ,सुनिल कार्की र अनिल साह निर्विरोध चयन भएका छन। भने मनोनित पदहरुमा फिरोज शेख ( महासचिव ),रन्जु सिंह ( कानुनि सल्लाहकार ) र  जागेश्वर पासमान कोषाध्यक्षमा मनोनित भएका छन्।कार्यक्रमा उपस्थित लहान सिटि जेसिजका पुर्व अध्य्क्षरु लगायत उपस्थित सम्पूर्ण अतिथिहरुलाई वर्ष २०२१ का अध्यक्ष जयसवालले  मायाको चिनो सहित सम्मान गर्नु भएको थियो। कार्यक्रमको संचालन जेसिज सदस्य गायत्री सिंह र वर्ष २०२२ का महासचिव फिरोज शेखले गर्नुभएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.