शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसीजद्धारा लोम अफिसर तालिम सम्पन्न
फाल्गुन १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन  १ - 
लहान सिटि जेसीजले वर्ष २०२२ को पहिलो तालिमको रुपमा शाखा पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ । शाखाका पदाधिकारी तथा सदस्यहरु समेत सहभागि रहेको तालिममा बिराटनगर जेसीजका पूर्व अध्यक्ष तथा प्रमुख प्रशिक्षक सेवक बजगाईले प्रशिश्रण दिनु भएको थियो । प्रशिश्रक बजगाईले शाखामा रहेका पदाधिकारीहरुको काम कर्तव्य र जेसीज अभियानलाई सार्थक बनाउन लहान सिटि जेसीजले खेल्नु पर्ने भूमिकाका बारेमा रोचक र सरल तरिकाले प्रशिश्रण गराउनु भएको थियो । 

शाखाका अध्यक्ष कुमु चौधरीको सभापतित्व तथा नेपाल जेसिजका उपाध्यक्ष मनोज साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षक बजगाई सहित लहान सिटि जेसिजका पुर्वअध्यक्षहरु राजबाबु साह ,रियासत लिमि,जितेन्द्र चौधरी,बसन्त साह,निवर्तमान अध्यक्ष अजय जयसवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य पुर्व अध्यक्ष बसन्त साहले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव फिरोज शेखले गर्नु भएको थियो। तालिममा जेसिजमा आस्था राख्ने ४० जना युवायुवतीहरुको सहभागिता रहेको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.