शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चौधरीको 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रभावकारी बन्दै
चैत्र ६, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ चैत ६ - 
सिरहा क्षेत्र नम्बर - १ का क्षेत्रीय सभापति तथा समाजसेवी महेश चौधरीको  'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रभावकारी बन्दै गइरहेको छ।अभियानको १३ औं दिन आइतबार चौधरीले विहान देखि बेलुका सम्म लहान नगरपालिकाको विभिन्न स्थानमा 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिएका छन्। चौधरीले आइतबार एकै दिन आफ्नो नेतृत्वमा लहान नगरपालिका वडा-१६ का बिकट ठाऊ ढूंग़्रे ,सोली ढुंगा र लहान-२४ को मल्हनमाको रामटोल, झुट्की र गोविन्दपुरमा नगर सभापति रासलाल राय,बूथ सभापतिहरु मिश्री यादव, राधे चौधरी, क्षेत्र सदस्यहरु प्रमोद चौधरी, राम नारायण यादव लगायतका नेताहरूको उपस्थितिमा टोल कमिटी गठन गर्दै कांग्रेस जिताऊ अभियान लाई निरन्तरता दिएका हुन्।

सभापति चौधरी हरेक टोल र वडा तहमा नेता कार्यकर्ता ,सर्व-साधारणलाई एमसिसीका विषयमा जानकारी दिदै काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको चौधरी बताउनु हुन्छ। चौधरी कोरोना महामारीका बेला करोडौं बराबरको राहत बाँडेर एक्कासि चर्चामा आएका थिए। चौधरी नेपाली काङ्ग्रेसलाई जिताउन जागरण अभियान पनि संचालन गरिरहेको स्थानीय नेताहरु बताउछन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.