शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई हजार झुल वितरण गर्दै समाजसेवी चौधरी
चैत्र ७, २०७८ | फिरोज शेख

सिरहा लहान २०७८ चैत ७ - 
समाज सेवी महेश चौधरी गर्मि मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न प्रकारको रोगहरु नियन्त्रणका लागि लहान नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने अति विपन्न दुई हजार जनालाई संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा झुल वितरण गर्ने अभियानलाई अगाडी बढाएका छन्।  प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका समाजसेवी चौधरी नेपाली काङ्ग्रेस क्षेत्र नम्बर - १ का क्षेत्रीय सभापति समेत हुन्।  ''लामखुट्टेको टोकाईले डेंगु, मलेरिया, औंलो लगायतको सरुवा रोगका कारण मानिसलाई प्राणघातक विभिन्न रोग समेत लाग्न सक्ने सम्भावना भएकोले झुल वितरण अभियानलाई आफूले सोमबार बाट अगाडी बढाएको बताउनु भयो। स्थानीय सरकारले लामखुट्टे नियन्त्रण गर्न कुनै चासो न देखाउदा विपन्न परिवारलाई राहत स्वरुप मैले आफ्नो ब्यक्तिगत लगानीमा झुल वितरण गरिरहेको बताउदै लहान नगरपालिकाको २४ वटै  वडाको विपन्न, गरिब , असहाय , अशक्त , एकल महिला , जेष्ठ नागरिक, गर्भवती महिला लगायतलाई झुल वितरण गर्ने योजना रहेको बताउनु भयो।झुल वितरण अभियान अन्तर्गत चौधरीले सोमबार लहान नगरपालिका वडा नम्बर - २२ र २४ मा एक सय थान झुल वितरण गरेर अभियानको सुरुवात गरेका छन्। 

मस जोडीको नामले समाजसेवामा आफ्नो छुटै पहिचान बनाउन सफल चौधरी र उनका श्रेमति संगीता कर्मचार्यले कोराना महामारीको विकराल अवस्थामा करोडौं बराबरको दाल , चामल , नुन , तेल , कम्बल , लत्ताकपडा लगायतका राहत बाँडेर एक कुशल समाजसेवीको रुपमा परिचीत भएका थिए । तर दोस्रो कोरोना लहरमा २०७८ जेठ २२ गतेका दिन चौधरीका जीवन संगिनी कर्मचार्यले कोरोनाकै कारण ज्यान गुमाउनु भयो। त्यस पश्चात चौधरीले उहाकै नाममा संगिता कर्माचार्य स्मृति प्रतिष्ठान स्थापना गरि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहनु भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.