शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी द्वारा लहान १३ मा झुल वितरण
चैत्र १०, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ चैत १० -
समाज सेवी महेश चौधरी गर्मि मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न प्रकारको रोगहरु नियन्त्रणका लागि लहान नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने अति विपन्न दुई हजार परिवारलाई संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा झुल वितरण गर्ने अभियान अन्तर्गत बुधबार लहान १३ मा झुल बितरण गरेका छन्। प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका समाजसेवी चौधरी नेपाली काङ्ग्रेस क्षेत्र नम्बर - १ का क्षेत्रीय सभापति समेत हुन्। ''लामखुट्टेको टोकाईले डेंगु, मलेरिया, औंलो जस्ता प्राणघातक विभिन्न रोग समेत लाग्न सक्ने सम्भावना भएकोले झुल वितरण अभियानलाई आफूले निरन्तरता दिदै बुधबार लहान १३ सरस्वती टोलका अति विपन्न दलित बस्तीका ५० घर परिवारलाई झुल वितरण गरेको बताउनु भयो।  लहान नगरपालिकाको २४ वटै  वडाको विपन्न, गरिब , असहाय , अशक्त , एकल महिला , जेष्ठ नागरिक, गर्भवती महिला लगायतलाई झुल वितरण गर्ने योजना रहेको चौधरीले जनाएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.