शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान २१ मुसहर वस्तीका सय परिवारलाई झुल वितरण
चैत्र १३, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ चैत १३ - 
संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सञ्चालित ‘एक घर एक झूल’ अभियान अन्तर्गत लहान नगरपालिका २१ मोतिपुर मल्हनमा स्थित मुसहर वस्तीमा सय परिवारलाई झुल वितरण गरिएको हो । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेस सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति महेश चौधरीले आइतबार स्वयम आफै उक्त बस्तीमा पुगी झुल वितरण गरेका हुन् । गर्मीमा लामखुट्टेको टोकाईबाट हुने सम्भावित रोगबाट नागरिकहरुलाई बचाउन झुल वितरण अभियान थालेको चौधरीको कथन छ। अभियान अन्तर्गत लहान नगरपालिका २४ वटै वडामा २ हजार परिवारलाई झुल वितरण गरिने बताउदै हाल सम्ममा १२ सय परिवारलाई झुल वितरण भइसकेको उहाले जानकारी गराउनु भयो।  समाजसेवी चौधरीले स्वर्गीय पत्नी संगीता कर्माचार्यको नाममा स्थापना गरेको संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा झुल वितरण भैरहेको छ।

चौधरी दम्पती कोरोना भाइरसको पहिलो लहर देखी नै रोजगारी गुमाएर छाक टार्न समस्यामा रहेका व्यक्तिहरुलाई घरघरमा खाद्यान्न राहत उपलब्ध गराएका थिए । सोही क्रममा संगीतालाई कोरोना संक्रमण भएर उपचारको क्रममा ज्यान गुमाइन।पत्नीको देहान्तपछि पनि चौधरीले गरिब, दलित बस्तीमा राहत वितरण अभियान रोकेनन् । पत्नीकै नाममा स्मृति प्रतिष्ठान बनाएर संगीताको मृत्यु भएको दिनको सम्झनामा हरेक महिना २२ गते गाउँगाउँमा गरिबहरुलाई सहयोग गरिरहेको छ ।

राहत वितरणका लागि उनी कुनै दातृ निकायबाट सहयोग लिएको छैन् । अमेरिका बस्ने छोराछोरी, साथीभाई र संगीताको नाममा रहेको सम्पती राहत विरतणमा लगाएको उनले बताए । लकडाउनमा रोजगारी गुमाएका रिक्सा चालक, नाई समुदाय र गाउँगाउँका मजदुर गरी ५ हजार भन्दा बढी परिवारलाई चामल, दाल, नुन, तेल खाद्यान्न सामग्री वितरण गरेका थिए ।     

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.