शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लब द्वारा नि:शुल्क आँखा शिविर सम्पन्न
चैत्र २५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत २५ - 
रोटरी क्लब अफ लहान द्वारा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। धनगडीमाई नगरपालिकामा रोटरी क्लब अफ लहानको आयोजना र सगरमाथा चौधरी आँखा अस्पताल लहानको तत्त्वावधानमा नि:शुल्क आँखा जाँच शिविर शुक्रबार सम्पन्न भएको हो ।धनगडीमाई नगरपालिका - १ स्थित श्री जनता आधारभूत विधालय बाखर - ८ मा सम्पन्न उक्त नि:शुल्क आँखा जाँच शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका आँखा रोग विशेषज्ञ डाक्टरहरू द्वारा चेकजाँच गरिएको छ। यस शिविरमा आएका मानिसहरूलाई आवश्यकता अनुसार नि:शुल्क रुपमा चश्मा पनि प्रदान गरिएको छ। यस शिविरमा लोटरी क्लब अफ लहान सिटीका सभापति अशोकलाल अमात्य सहित अन्य पदाधिकारीहरू उपस्थित रहेको थियो।  यस नि:शुल्क आँखा जाँच शिविरमा जम्मा १७५ जनाले आँखाको जाँच गराएका थिए" भने ३२ जनालाई चश्मा प्रदान गरिएको छ। त्यस्तै  ४० जना मोतिबिन्दु लगायतका समस्या देखिएका आँखाका बिरामीहरुलाई सगरमाथा चौधरी आँखा अस्पतालमा नि:शुल्क अप्रेशन गरिने रोटरी कल्ब लहानका सदस्य गोपाल गुप्ताले जानकारी दिएका छन।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.