शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जसपा र मा‌ओवादी केन्द्र बीच गठबन्धन
बैशाख ५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख ५ - 
सिरहाको लहान नगरपालिकामा पाँच दलीय गठबन्धनभित्र रहेका दुइ दलले मिलेर चुनाव लड्ने भएका छन्।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र पार्टी मिलेर चुनावमा जाने भएका हुन्। नेपाली कांग्रेस लहान नगर कार्यसमितिले आउँदो बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरे लगतै उनीहरु आइतबार राति बैठक बसी दुइ दलबीच गठबन्धन गर्ने निर्णय गरेका हुन्। कांग्रेसले गठबन्धनमा चासो नदेखाएपछि दुइ पार्टी तालमेल गरेर चुनावमा जाने निष्कर्षमा पुगेको जसपाका जिल्ला उपाध्यक्ष तथा लहान -७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए।

पदको भागबण्डाबारे भने स्पष्ट भइनसकेको गुप्ताको भनाइ छ। ‘गठबन्धनको बारेमा कांग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीले कुनै चासो देखाएन। त्यसैले दुई दल मिलेर निर्वाचनमा जाने तयारी गरेका छौँ,’ गुप्ताले भने, ‘कांग्रेस र नेकपा एस पार्टीलाई गठबन्धनमा सहभागी हुनको लागि रोक भने छैन,उनको तर्क छ। २०७४ को स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकामा मेयर र उपमेयर दुबै नेकपा एमालेले जितेको थियो।बैठकमा जसपाको तर्फ बाट नेता गुप्ता संगै बैजनाथ साह,दिनेश महतो,ललिता बिद्रोही लगातका नेताहरुको उपस्तिथी रहेको थियो ,भने  नेकपा माओवादी केन्द्र बाट नेता खड्क नारायण चौधरी, नगर अध्यक्ष हेमन्त यादव ,विजय गुप्ता लगायतका नेताहरुको  सहभागिता रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.