शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको मेयर पदका लागि कांग्रेसबाट चौधरीले पाए टिकट
बैशाख १०, २०७९ | सरगम खबर समाचारदाता

रमिता नेपाल लहान २०७८ बैशाख १० - 
लहान नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका नेपाली काङ्ग्रेसको तर्फबाट मेयरका लागी महेश प्रसाद चौधरीले  टिकट पाएका छन्। हिजो राती बसेको बैठकबाट महेश प्रसाद चौधरीलाई चुनावमा भागलिन नेपाली कांग्रेस सिरहाले मेयरको टिकट दिने निर्णय गरेको महेश चौधरीले फोन मार्फत सरगम खबरलाई जानकारी गराएका छन्।

कोरोनाको कहरका बेला दलित, विपन्न, सुकुम्बासीबस्तीमा गएर पटक-पटक राहत वितरण गरेर समाजसेवीका रुपमा चिनिएका महेश चौधरी र संगीता कर्मचार्यको जोडी विपन्न समुदायका लागि प्यारो भएका थिए। राहत वितरण गर्दा गर्दै कोरोना लागेर संगीता कर्मभार्यको मृत्यु भएपछि उनलाई लहानबासीले समाजिक शहिदको दर्जा दिएका छन्।

उनै सामाजिक शहिद कर्मचार्यका श्रीमान् महेश चौधरी नेपाली कांग्रेसबाट मेयर पदका लागि टिकट पाए पछि पपुलर भोट कांग्रेसले पाउने नेताहरुले आश गरेका छन्। लहान नगरपालिकामा दलित समुदायको १८ हजार मत भएको र प्रायः सबै परिवारलाई महेश चौधरीले कोरोनाका बेला राहत र जाडोका बेला कम्मल वितरण गरेकाले दलित गरिबको भोट आफुले पाउने भनि चौधरी दुक्क छन्। महेश चौधरी २०४९ सालमा विद्यार्थी राजनीति गरेर नेविसंघबाट स्थानीय लहान क्याम्पसमा स्ववियू सभापति भएका थिए । उनी नेपाली कांग्रेस लहान नगरसमितिको सभापतिमा दुईपटक र यसपटक सिरहा जिल्लाको संघीय क्षेत्र नं. १ को क्षेत्रीय सभापति समेत हुन।

कांग्रेस बाट महेश चौधरीको नाम आएपछि लहान नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीच कडा भीडन्त हुने देखिन्छ। यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए।

पहिले लहान नगरपालिकामा जम्मा मत ४५ हजारमा थियो भने अहिले बढेर ५७ हजार पुगेको छ । जसमध्ये पहाडी समुदायको ३ हजार, थारु समुदायको १२ हजार, दलित समुदायको १८ हजार, साह समुदायको ४ हजार ५ सय, महतो समुदायको ६ हजारको हाराहारीमा मत रहेको तथा यादव र मुस्लिम समुदायको मत समेतले महत्वपूर्ण भुमिका खेल्ने भएकोले लहानमा नेकपा एमाले र नेपालि कांग्रेस बीच राेचक भिडन्त हुने देखिन्छ। यता एमाले बाट लगनलाल चौधरीलाई मेयरका लागि अघि सार्न सक्ने चर्चा चलि रहदा एमालेबाट अहिले विजित मुनि साह पुनः लहानको मेयरमा नै दोहरिने प्रवल सम्भावना रहेको देखिन्छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.