शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कांग्रेसका जिल्ला सदस्य दास एकिकृत समाजवादीमा प्रवेश - कांग्रेसमा विवाद
बैशाख ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख ११ - 
सिरहाको लहान नगरपालिकामा चुनावको मुखमा आएर नेपाली कांग्रेस पार्टी परित्याग गरी दलितहरुको अगुवा नेता मानिने नेपाली कांग्रेस जिल्ला कार्य समिति सिरहा सदस्य रामगणेश दास नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी नेता दासलाई शनिवार लहानमा एकिकृत समाजवादी पार्टीका नेता सत्यनारायण यादव, विनोद साहलगायतले अबिर माला लगाएर स्वागत गरेका छन् । आउँदो बैशाख ३० गते हुने निर्वाचनको क्रममा कांग्रेसमा आफुलाई विभेद गरेको दासको गुनासो छ । ३० वर्षदेखि पार्टीलाई सेवा गरेपनि मुल्याकंन नभएको भन्दै नेपाली कांग्रेस परित्याग गरेको उनको भनाइ छ। यसै बीच नेपाली कांग्रेस सिरहाले लहानको मेयरका लागि समाजसेवी छवि भएका महेश प्रसाद चौधरीलाई टिकट दिए पछि कांग्रेस भित्र विवाद चुलिएको छ। नेपाली कांग्रेस बाट लहानको मेयरमा ३ जनाको नाम सिफारिस भएको थियो। जसमा नेपाली काँग्रेसका जिल्ला उप-सभापति सुनिल महतो , नेपाली काँग्रेसका क्षेत्रीय सभापति महेश प्रसाद चौधरी र कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि अरुण केसीको नाम सिफारिस भएको थियो। जस मध्ये चौधरीले टिकट पाएको खबर हिजो बिहान सरगम खबर अनलाइन र रेडियो सरगममा प्रकाशन तथा प्रसारण भए संगै नेपाली कांग्रेस भित्र खल्ली -बल्ली नै मच्यो। 

त्यसै क्रममा नेपाली काँग्रेसका जिल्ला उप-सभापति सुनिल महतो आफ्नो फेसबुक वालमा आक्रोश पोख्दै लेखे " मुन्नी ले भ्रष्टाचारी गरेको धनको चलखेल ले ज़िल्ला भरी का १२ वटा स्थानीय तहमा कमजोर उमेदवार बनाएर कांग्रेसको पत्ता साफ़ हूने निश्चित " उप-सभापति जस्तो गरिमामय पदमा रहेका व्यक्तिले यस्तो स्टाटस लेख्दा नेपाली कांग्रेस भित्र विवाद चुलिएको छ। उप-सभापति महतोको यस्तो गैर जिम्मेवारीपन अभिव्यक्तिले सामाजिक संजाल तरंगित भएका छन्। यता लहान १८ मा नेपाली कांग्रेस बाट आफुले टिकट पाउने भनि ढुक्क रहेका कांग्रेसका नेता भोजे मिया पनि नेपाली कांग्रेस परित्याग गर्ने भनि फोन मार्फत जानकारी गराएका छन्। लहान १८ मा भोजे मियाँको ठाउमा चन्द्र नारायण चौधरीलाई वडा अध्यक्षको टिकट दिने कुरा चर्चामा आए पछि मियाँ पार्टी परित्याग गर्ने तरखरमा छन्। 

त्यस्तै लहानमा दलित, गरिबका नेता भनेर चिनिने अरुण केसी पनि पार्टीको निर्णय प्रति असन्तुष्ट हुँदै स्वतन्त्र उमेद्वारी दिने चर्चा शिखरमा छ। नेता केसी लहान ६ का निवर्तमान वडा अध्यक्ष रहनुका साथै २०४२ सालमै लहानमा रिक्सा संघ आफ्नै अध्यक्षतामा गठन गरेको थियो । ०४१ सालमा सिरहामा नेविसंघ गठन भएपछि उनी संस्थापक उपसभापति थिए ।‘विद्यार्थीकालदेखि नै पार्टीको राजनीतिमा उहाले योगदान दिदै आइरहेको छ। यसै बीच स्रोतले जनाए अनुसार नेपाली कांग्रेस , जसपा र नेकपा माओवादी बीच लहान नगरपालिकामा गठबन्धन भएको छ। जसमा मेयर नेपालि कांग्रेस ,उपमेयर जसपा र वडामा माओवादीलाई सघाउने सहमति भएको छ। कांग्रेस बाट महेश चौधरीको नाम सार्वजनिक भए पनि जसपा बाट उपमेयरमा लहान ७ का निवर्तमान वडा अध्यक्ष राकेश रोशन गुप्ताको नाम चर्चा छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.