शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ८ का वडा सदस्य साह एकिकृत समाजवादीमा प्रवेश
बैशाख १२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १२ - 
लहान नगरपालिका वडा न.८ जसपा बाट निर्वाचित वडा सदस्य तथा मधेश आन्दोलनका अगुवा युवा नेता सुरेश कुमार साह नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  नवप्रवेशी युवा नेता साहलाई आइतबार लहानमा एकिकृत समाजवादी पार्टीका नेता सत्यनारायण यादव, विनोद साहलगायतका नेता तथा कार्यकर्ताहरुले अबिर माला लगाएर पार्टी भित्र स्वागत गरेका छन् । आउँदो बैशाख ३० गते हुने निर्वाचनको क्रममा जसपामा आफुलाई विभेद गरेको साहको भनाई छ । मधेश आन्दोलन देखि अहिले सम्म  पार्टीलाई सेवा गरेपनि आफ्नो मुल्याकंन नभए पछि जसपा परित्याग गरि एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेको उनले बताए। स्रोतका अनुसार जसपा बाट लहान ८ को वडा अध्यक्षका लागि निवर्तमान वडा अध्यक्ष विजय कुमार महतो र सुरेश साहको नाम सिफारिस भएको थियो। 

जसमा लहान ८ को वडा अध्यक्ष पदका लागि पुनः महतोलाई नै टिकट दिने निर्णय भए पछि नेता साह पार्टी परित्याग गर्दै समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीले लहान -८ बाट सुरेश साहलाई वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको स्रोतको भनाई छ। नेता साह समाजवादीमा प्रवेश गरे लगतै लहान ८ मा जसपका उमेदवार विजय कुमार महतोलाई केहि हद सम्म धक्का लागे पनि यस निर्वाचनमा जसपाका उम्मेदवार विजय महतो ,नेपालि कांग्रेसका उम्मेदवार श्याम साह भोरे भोर र नेकपा एमालेका उम्मेदबार हरि नारायण महतो बीच कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.