शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाली कांग्रेसको विवाद उत्कर्षमा : लहान नगर सभापति रासलाल राय
बैशाख १२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १२ -
नेपाली कांग्रेस लहान नगर सभापति रासलाल रायले आफुले पाएकाे वडा अध्यक्षकाे टिकट हटाएमा पार्टी परित्याग गर्नेे चेतावनी दिएका छन् । क्षेत्रीय संसदीय समितिले सर्वसम्मत रुपमा लहान २४ का वडा अध्यक्षकाे पदमा रायकाे टिकट सिफारिस गरेकाे थियाे । साेही अनुसार रायले टिकट पाएका थिए । तर, उनले टिकट पाएकाे केही घण्टाभित्र पूर्व मन्त्री चित्रलेखा यादवकाे दबाबमा जिल्ला सभापति रामचन्द्र यादवले विरेन्द्र यादवलाई अर्को टिकट दिएकाे थियाे । नगरसभापति रायले आफ्नो टिकट नसच्चाए १ बजे सम्मकाे अल्टिमेटम दिदै कांग्रेस परित्याग गर्ने घाेषणा गर्दै जसपामा जाने घोषणा गरेका छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.