शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा तामझामका साथ उम्मेदबारी दर्ता : मेयरमा २१ र उपमेयरमा
बैशाख १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १३ - 
आसन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकामा विभिन्न पार्टीहरुले तामझामका साथ आ-आफ्नो उम्मेदबारी दर्ता गराएका छन्।यसै बीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि लहान नगरपालिकामा मेयर/उपमेयरसहित २४ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ। एमालेका तर्फबाट लहानको मेयरमा पुनः विकास प्रेमीको उपमा पाएका नेता मुनि साह सुडी तथा उपमेयरमा सरियार कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस , जनता समाजवादी पार्टी र एकीकृत पार्टीको गठबन्धनले मेयर पदका उम्मेदवारमा नेपाली कांग्रेसबाट मस जोडीको नामले प्रख्यात समाजसेवी छवि बनाएका महेश प्रसाद चौधरी र उपमेयरमा जसपा बाट राम चलितर महतोले उम्मेदबारी दर्ता गराएका छन्। राजनीतिक दलहरुले पार्टी कार्यालय लहानबाट र्‍यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ताहरु लहान १० मा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

त्यस्तै लहान नगरका लागि मेयर पदका उम्मेदवारहरुमा राप्रपा बाट सूर्य कुमार साह, समाजवादी एकता पार्टीबाट पशुपति सिंह, लोसपा बाट महमूद आलम मियाँ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विनोद कुमार साह, जनमत पार्टीबाट बालेश्वर यादव, नेपाल मजदुर पार्टीबाट हरिनारायण महतो र बहुजन समाजवादी पार्टी बाट श्याम कुमार मेस्तरले उमेदवारी दर्ता गराएका छन् ।
भने उपमेयरका उम्मेदवारहरुमा राप्रपा बाट सुषमा कुमारी यादव, समाजवादी एकता पार्टीबाट अमालेश देवी दनुवार्नी, नेकपा एकीकृत समाजवादी बाट कञ्चन चौधरी, जनमत पार्टीबाट लिलम देवी ठाकुर, नेपाल मजदुर पार्टी बाट रञ्जु कुमारी सिंह र लोसपा बाट संसरीया देवी महतोले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय लहानले जनाएको छ। त्यस्तै मेयर पदका लागि १२ जनाले स्वतन्त्र उमेवारी दिएका छन्।

यसै बीच नेकपा एमाले बाट वडा अध्यक्षहरुमा क्रमश : मन्टुन चौधरी वडा नम्बर १ , केशव महतो वडा -२,राजेश चौधरी वडा -३,महेबुल अन्सारी वडा -४,रियासत लिमि मुन्ना  -५,भरत सहनी वडा -६, भगवान साह वडा -७,हरि नारायण महतो वडा-८,मोहम्मद नियामजदिन वडा -९,मन्टी कुमार मण्डल वडा -१०,राजेन्द्र प्रसाद साह वडा -११,शत्रुधन चौधरी वडा -१२ ,राम प्रसाद यादव वडा -१३,कृष्णाा साह वडा -१४, जागेश्वर चौधरी वडा -१५,पुष्कल ढङगाना वडा -१६,प्रथम लाल चौधरी वडा -१७,मोहम्मद शमशेर वडा -१८, राम अधिन यादव वडा -१९,जितेन्द्र कुमार साह वडा -२०,राज कुमार यादव वडा -२१, जितेन्द्र कुमार चौधरी वडा न.२२ ,अशेश्वर यादव वडा -२३ र  कमलदेव यादव वडा -२४ मा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै नेपाली कांग्रेसले २३ वटा वडामा मात्र आफ्नो उम्मेदबारी दर्ता गराएका छन्। जसमा वडा अध्यक्षका उम्मेदवारहरुमा क्रमश : १ मा  जुगल चौधरी , २. सियाराम यादव, ३. रामदयाल महतो,४. मोहम्मद अबुल,५. अब्दुल करिम,६. रमेश गौतम ,७. रामऔतार शर्मा ,८. श्याम साह (भोरेभोर), ९. घुरन चौधरी ,१०. अम्बरराज मिश्र,११. सुर्यनारायण चौधरी,१२. बद्री चौधरी,१३. मनोज कोइराला,१४. महेश श्रेष्ठ,१५. तेजनारायण चौधरी, १६. गडुलबहादुर जर्घामगर, १७. तीरपिट यादव ,१८. चन्द्र नारायण चौधरी ,१९. मोहम्मद कमरुदिन,२०. विनोद साह ,वडा २१ मा उम्मेदबारी दर्ता गराइएन भने २२ मा श्याम अधिकारी थारु , २३ मा कन्हैया प्रसाद गुप्ता र २४ मा बिरेन्द्र यादवले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै सरगम खबरलाई जानकारी प्राप्त भए अनुसार जसपा बाट लहान ४ मा रामनाथ पण्डित, लहान ७ मा राकेश रोशन गुप्ता , लहान ८ बाट विजय कुमार महतो ,लहान २४ बाट नेपाली कांग्रेस परित्याग गरेका रासलाल राय ,नेकपा माओवादी बाट लहान २० मा गणेश कुमार चौधरी र लहान २१ मा हेमन्त कुमार यादव , एकीकृत समाजवादी बाट लहान ५ मा भोला राय ,लहान ६ बाट बैजनाथ साह,लहान ८ बाट सुरेश कुमार साहले उम्मेदवारी दिएका छन् भने लहान १६ बाट वडा अध्यक्ष पदमा दुर्गा प्रसाद मेहताले स्वतन्त्र उम्मेदारी दर्ता गराएका छन्। यो समाचार तयार पर्दा सम्म ५० भन्दा बढी बिभिन्न पदका उम्मेदवारहरुको फाइल त्रुटिका कारण दर्ता हुन सकेको थिएन । लहानमा नेकपा एमाले र ३ दलीय गठबन्धन बीच कडा प्रतिस्पधा हुने स्थानीय बुद्धिजिवीहरुको भनाइ रहेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.