शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा वडा अध्यक्ष पदका उम्मेदवार शर्मा र राय बिरुद्ध उजुरी
बैशाख १४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १४ - 
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको रामऔतार शर्मा र लहान २४ जसपाका उम्मेदवार रासलाल राय बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। शर्मा विरुद्ध दोहरो नागरिकता लिएको भनि उजुरी परेको हो। उमेदवारी दर्ताको भोलिपल्ट मंगलबार उमेदवारको विरुद्धमा दाबी विरोध गर्ने समय रहेकोमा कांग्रेसबाट अध्यक्ष पदका उमेदवार शर्माले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । लहान नगरपालिका वडा नम्बर ९ का मोहम्मद रफीले कांग्रेसका उम्मेदवार शर्माले भारतीय नागरिकता हुँदा हुँदै नेपाली नागरिकता समेत लिएको भन्दै उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृत कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

लहान नगरपालिका  वडा न .७ नेपाली कांग्रेस बाट वडा अध्यक्ष पदका उम्मेदवार विरुद्धमा उजुरी परेको विषयलाई लहान नगरपालिका निर्वाचन अधिकृतको कार्यलयले पुष्टि गर्दै सुचना सार्वजनिक गरेका छन। सुचनामा जुन उम्मेदवारको विरुद्धमा उजुरी दर्ता भएको हो सो उम्मेदवारले आफ्नो सफाई तथा सबुत प्रमाण साथ २०७९ बैशाख १४ गते बुधबार बेलुकी ५ बजे सम्म निर्वाचन अधिकृतको कार्यलयमा अनिवार्य रुपमा उपस्थित हुन जनाए पनि उम्मेदवार शर्मा उपस्थित नभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। 

यसै बीच लहान २४ निवासी राम कुमार महतोले जसपा बाट लहान २४ वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका रासलाल राय विरुद्ध ठेका-पट्टा भ्रष्टाचार सम्बन्धमा उजुरी दिएका छन। उजुरीको विषयमा अनुसन्धान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.