शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उम्मेदवारहरु घरदैलोमा व्यस्त
बैशाख १७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १७ - 
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु लहान नगरपालिकाको घर-घरमा पुगी घरदैलो अभियानलाई तिब्रता दिएका छन्।लहान नगरपालिका भित्र रहेको २४ वटै वडाका मतदाताहरुलाई आफ्नो पक्षमा रिझाउन उम्मेदवारहरु घरदैलो अभियान जोडतोडका साथ सुरु गरिसकेका छन।बिभिन्न दलका उम्मेदवारहरु आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताहरुको घर-घरमा पुगी  आफ्नो एजेण्डा सुनाउँदै मतदाताहरुसँग मत-माग्न व्यस्त भएका छन।

 यसै बीच वडामा नेकपा माओवादीसँग तालमेल गरेका जनता समाजवादी पार्टी लहान -८ वडा अध्यक्ष पदका संयुक्त उम्मेदवार विजय कुमार महतो ( जानेमन ) आफ्नो वडा भित्र घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन। निवर्तमान वडा अध्यक्ष समेत रहेका युवा नेता महतो फरक शैलीमा आफ्ना समर्थित कार्यकता तथा प्यानलका उम्मेदवारहरु सहित आफ्नो घोषणापत्र र एजेण्डा बोकेर मतदाताहरुको घर-घरमा पुगी  आफ्नो एजेण्डा सुनाउँदै मतदाताहरुसँग मत-माग्न होमिएका छन। जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्र गठबन्ध लहान -८ का लागि वडा अध्यक्ष पदका उम्मेदवार विजय कुमार महतो ( जानेमन) सहित वडा सदस्यहरुमा रामबाबु पण्डित ,नितु देवी साह ,किरण साह ( पप्पु ) र पुनिता पासवान चुनावी मैदानमा उत्रिका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.