शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एमालेको गढ लहान-५ मा एमाले यस पटक झन् बलियो -
बैशाख २५, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ बैशाख २५ - 
एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ। शनिवार लहान -५ एमाले प्रचार-प्रसार समितिले आयोजना गरेको नगरप्रमुखका उम्मेदवार मुनि साह सुडी ,उपप्रमुख उम्मेदवार सरियार कुमारी चौधरीको सहभागितामा निकालिएको घरदैलो कार्यक्रममा देखिएको उत्साहजनक स्थानीयको सहभागिताले लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको हो। २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मोहम्मद रियासत लिमि मुन्ना लाई उम्मेदवार बनाएको छ। उम्मेदवार मुन्ना लहान सिटि जेसिज र लायन्स क्लवका पुर्व अध्यक्ष हुन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मोहमाद सुलेमान मिया अन्सारीले नेपाली काँग्रेसका वर्तमान उम्मेदवार अब्दुल करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । 

२०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा रियासत लिमि मुन्नालाई चुनावी फिल्डमा उतार्नु भएको हो। यता एमालेको गढ लहान ५ मा यस पटक काँग्रेसले जित्ने कांग्रेसी नेताहरुले दाबि गरिरहेका छन् । स्थानीयका अनुसार मुस्लिम समुदाय बाहुल्यता रहेको वडा नम्बर ५ मा दुवै जना मुस्लिम उम्मेदवार रहेका कारण मुस्लिम समुदाय भित्र पनि आ-आफ्नो जातिका उम्मेदवारलाई मत दिने माहोल बनिरहेको र यसलाई जातीय प्रतिस्पर्धाको रुपमा पनि लिन थालिएको छ। नेपाली कांग्रेसका उम्मेदवार अब्दुल करिम मुस्लिम समुदाय दर्जी जातिका अगुवा नेता मानिन्छन भने , एमालेका उम्मेदवार रियासत लिमि मुन्ना मुस्लिम समुदायको शेख जातिका अगुवा नेता मानिन्छन। लहान ५ मा मुस्लिम समुदायको दर्जी जाति बन्दा बढी शेख जाति करिब दोब्बरले बढी रहेको हुँदा एमालेका उम्मेदवार मुन्नाले जातीय मत सुरक्षित गर्न सके लहान ५ फेरी लाल किल्ला हुने एमाले नेताहरुले दाबि गर्दै आइरहेका छन्। एमालेले आफ्नो उम्मेदवार विजय बनाउँन विभिन्न समीकरण र गृहकार्य गरिरहेको छ । लहान ५ निवर्तमान मेयर तथा वर्तमान उम्मेदवार मुनि साहको गृह वडा भएकोले यस वडामा एमालेप्रति आकर्षण झन् बढ्दो रहेको लहान- ५ का टिका परियारको भनाई रहेको छ ।

यसै बीच लहान ५ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लहान नगरपालिका मेयर पदका उम्मेदवार मुनि साहले नगर भित्रका दलित परिवारलाई विजुली तथा खाने पानीको न्युनतम शुल्क नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने बताउनु भएको छ । आफ्नो पार्टी जितेमा लहान नगरबाट अस्पताल सञ्चालन गर्ने योजना रहेको भन्दै शिक्षा, स्वास्थ्य र सफा समृद्ध लहान आफ्नो प्राथमिकताका क्षेत्र भित्र रहेको बताउनु भयो । लहान नगरपालिका भित्रको बालबिटौरी र गाउँब्लक जग्गाको लगत कायम गरी खरिदबिक्रिको ब्यबस्था मिलाउन जोडदार पहल गर्ने बताउँदै लागूऔषध नियन्त्रण गर्न विशेष पहलका साथै प्रभावितहरुको सुधारका लागि सुधार गृह सञ्चालन गरिने बताउनु भयो । अनाथ बालबालिकालाई संरक्षण दिन तथा पीडितहरुको संरक्षणको लागि सेफहाउसको स्थापना गरी मनोपरामर्शको ब्यबस्था मिलाईने बताउनु भयो । श्रमिक तथा महिलाहरुलाई क्षमता विकास तथा सशक्तीकरणको लागि सीप मूलक तालिम तथा शैक्षिक अभिमूखीकरण कार्यक्रमहरु सञ्चालन गरिने छ भने विपन्न तथा दलितहरुलाई आवास निर्माण तथा फुसको छाना विस्थापित गराई चदराको छाना लगाउने ब्यबस्था गरिने बताउनु भयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.