शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिज द्वारा आयोजित " ककस " कार्यक्रम स्थगित
बैशाख २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख २६ - 
सिरहाको लहानमा लहान सिटि जेसिज पुर्व अध्यक्ष क्लव द्वारा आयोजना गरिएको " ककस " कार्यक्रम स्थगित गरिएको छ। लहान नगरपालिका नगरप्रमुख र उप-प्रमुखका प्रत्यासी उम्मेदवारहरु र नागरिक बीच आज सोमबार लहान -७ दुर्गा मन्दिर अगाडी हुने भनिएको खुल्ला बहस कार्यक्रम " ककस " सुरक्षा चुनौतीका कारण सम्पूर्ण तयारि पुरा भैसकेको कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको हो। लहान सिटि जेसिज पुर्व अध्यक्ष क्लवका धरणीधर अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारि लालबाबु  कवारिको विशेष अनुरोधमा सुरक्षाको दृष्टिकोणले कार्यक्रम अति चुनौतिपूर्ण देखिएको र सम्पूर्ण सुरक्षाकर्मीहरु निर्वाचनको तयारीमा जिल्लै भरि खटिएको हुनाले प्रमुख जिल्ला अधिकारी कवारिको विशेष अनुरोधमा कार्यक्रम स्थगित गरिएको जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.