शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका निर्वाचन अधिकृत पोखरेल बेहोस
बैशाख ३१, २०७९ | फिरोज शेख

 लहान २०७९ बैशाख ३१ -
लहानमा बोलाइएको सर्वदलीय बैठक राजनीतक दलका उम्मेदवारका कारण अहिले सम्म पनि सुरु हुन् सकेको छैन।  विहान ८ बजे बोलाइएको सर्वदलीय बैठक १५ मिनेट नबस्दै नेकपा एसका उम्मेदवार विनोदकुमार साहले निर्वाचन अधिकृत गोविन्दराज पोखरेल माथि कलोक्ल्पित आरोप लगाउदै हुल हुज्जत गर्न थाले पछि निर्वाचन अधिकृत पोखरेल बेहोस भएका छन्। अचेत भएका अधिकृत पोखरेललाई उपचारका लागि एम्बुलेन्स बोलाएर होस्पिटल लगिएको छ। विवाद बढ्दै गए पछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारि  लालबाबु कवारी सहितको टोलि लहान आउन लागेको रेडियो सरगमकर्मीले जनाएका छन्। यस घटनाले गर्दा लहान नगरपालिका भित्रको मतगणना कति बजे देखि शुरु हुने हुन् भनि अन्योलता देखिएको छ । १ लाख २ हजार ९५५ जनसंख्या रहेको लहान नगरपालिकाका ५६ हजार १९६ मतदाता मध्ये ४१ हजार भन्दा बढी मत खसालेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.