शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा गठबन्धनका उम्मेदवार चौधरीको अग्रता
जेठ १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १ -
लहान नगरपालिकामा नेपालि कांग्रेस , जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धले सुरुवाती अग्रता लिएकाे छ।गठबन्धन नेपालि कांग्रेस मेयरका उम्मेदवार महेश प्रसाद चौधरी  र जसपाका उपमेयर पदका उम्मेदवार राम चलितर महतो लिड गरिरहेका छन्। यो समाचार तयार पर्दा सम्म लहान नगरपालिकामा वडा नम्बर - ३ को ६०० मतगणना गर्दा मेयरमा एमालेका मुन्नी साह सुडि (सुर्य )- १४३ ,महेश प्रसाद चौधरी( रुख) - ३७१ , विनोद साह( कलम) -१७, उप- मेयरमा सरियार कुमारी चौधरी (सुर्य) - १३९ ,रामचलितर महतो (छाता ) - २३७  र कंचन चौधरी (कलम) - ८० मत प्राप्त गरि प्रतिस्पर्धा गरिरहेको छ। त्यस्तै लहान -२ सुर्यका मेयर १०२ उपमेयर ८८ वडा अध्यक्ष १०७
रुख मेयर १९४ उपमेयर छाता १८१ वडा अध्यक्ष रुख १०६ र  वडा अध्यक्ष छाता १६८ मत त्यस्तै वार्ड नम्बर १ को ४०० मत गन्दा कांग्रेस मेयर २०० ,कांग्रेस वडा अध्यक्ष १८० , एमाले मेयर १४९ र एमाले वडा अध्यक्ष १६८ मत प्राप्त गरि प्रतिस्पर्धा गरिरहेका छन्। लहान नगरपालिका वडा न . १ ,२ र ३ को जारि मतगणना अनुसार  नेपालि कांग्रेस मेयरका उम्मेदवार महेश प्रसाद चौधरीले ७६५ मत ल्याएर लिड गरिरहेका छन्। भने उहालाई पछ्याउने क्रममा एमाले  मेयर पदका उम्मेदवार मुन्नी साह सुडि ३९४ मत ल्याएर पछ्याई रहेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.