शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा चौधरीको अग्रता कायमै, कांग्रेसले २ वटा वडा जिते
जेठ २, २०७९ | फिरोज शेख

फिरोज शेख  लहान २०७९ जेठ २ -
स्थानीय तहको निर्वाचनमा लहान नगरपालिका नेपालि कांग्रेस,जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र गठबन्धको अग्रता कायमै रहेको छ।  गठबन्धनको नेपालि कांग्रेस मेयरका पदका उम्मेदवार महेश प्रसाद चौधरी मतगणना सुरु भए देखि नै लिड गरिरहेका छन्। यो समाचार तयार पर्दा सम्म लहान वडा नम्बर २,३ बाहेक १, ४ ,५ र ६ को जारि मतगणना अनुसार मेयर तर्फ: महेश चौधरी ( रुख) ३२७५ र नेकपा एमालेका उम्मेदवार मुन्नी साह सुडी (सुर्य ) १६८८ मत ल्याएर पछ्याई रहेका छन्। भने उपमेयरमा गठबन्धन जसपाका उमेदवार राम चलितर महतो एमालेकी सरियार कुमारी चौधरी भन्दा करिब २०० मतले अगाडी रहेका छन्।  मेयर तर्फ: महेश चौधरीले निर्वाचित वडा न .२ बाट ५७३ वडा ३ बाट १०४९ र मतगणना जारी वडा न .१ बाट अहिले सम्म  ८९० ,वडा ४ बाट ३४२ , वडा ५ बाट २१९ र वडा ६ बाट २०२ मत प्राप्त गर्दै जम्मा मत ३२७५ सहित १५८७ मतले अग्रता कायम राखेका छन्। त्यस्तै मुनि साहले वडा न. २ बाट २९८ वडा ३ बाट ४२५ र जारि मतगणना वडा १ बाट ४०३ , वडा ४ बाट १५० ,वडा ५ बाट २२६ र वडा ६ बाट अहिले सम्म १८५ मत प्राप्त गर्दै जम्मा मत १६८८ मत सहित् गठबन्धनका उम्मेदवार महेश चौधरीलाई पछियाई रहेका छन्।  

यसै बीच लहान नगरपालिका वडा नम्बर २ र ३ मा नेपाली काङ्ग्रेसका निवर्तमान उम्मेदवारहरु पुनः वडा अध्यक्षमा  निर्वाचित भएका छन्। लहान नगरपालिका वडा नम्बर २ नेपालि कांग्रेसका उम्मेदवार सियाराम यदाव ३९० मत प्राप्त गर्दै उनले आफ्ना निकटम प्रतिस्पर्धी जसपाका उम्मेदवार शिव नारायण महतोलाई ३७ मतले पराजित गर्दै दोस्रो पटक कांग्रेस बाटै विजय भएका हुन्। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार महतोले ३५३ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार केशव प्रसाद महतो ३२२ र जनमत पार्टीका राजदेव यादबले २८ मत प्राप्त गरेका छन्। त्यस्तै लहान ३ नेपालि कांग्रेस वडा अध्यक्ष पदका उम्मेदवार राम दयाल महतोले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका राजेश चौधरीलाइ १०२ मतले पराजित गर्दै महतो दोस्रो पटक नेपाली कांग्रेस बाटै वडा अध्यक्षमा निर्वाचित भएका हुन्। महतोले ६४७ मत ल्याएर विजय भए भने उनका  निकटम प्रतिस्पर्धी चौधरी ५४५ मत ल्याएका छन्। त्यस्तै जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राम उदगार महतो ४२२ मत प्राप्त गरि तेस्रो स्थानमा चित्त बुझाएका छन्। अहिले वडा न.१ को मतगणना अन्तिम चरणमा रहेको छ भने ,लहान ४,५ र ६ को मत गणना जारि रहेको छ। भर्खर प्राप्त जानकारीका अनुसार लहान ५ को  ८७० मत गन्दा लहान ५ एमाले पदका वडा अधयक्ष पदका उम्मेदवार रियासाद लिमि मुन्ना (सुर्य ): ३१९ नेपाली कांग्रेसका उमेदवार अब्दुल करिम (रुख ) : ४२३ मत ल्याएर लिद गरिरहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.