शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा कांग्रेसको दबदबा कायमै : महेश चौधरी मतान्तर बढाउदै
जेठ ३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ३ - 
स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिका भित्रको विभिन्न वडाहरुको मत परिणाम आइरहदा नेपालि कांग्रेस,जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र गठबन्धको दबदबा बढ्दै गइरहेको छ। नेपालि कांग्रेस लहान मेयर पदका उम्मेदवार महेश प्रसाद चौधरी मतगणना सुरु भए देखि नै अग्रता कायम गर्दै मतान्तर झन बढाउदै गइरहेको छ। यो समाचार तयार पर्दा सम्म महेश चौधरी ६१४५ र नेकपा एमालेका उम्मेदवार मुन्नी साह सुडी (सुर्य ) ३२५९  मत ल्याएर पछ्याई रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)  बिनोद कुमार साह ५१९ , जनमत पार्टी (जपा) का बालेश्‍वर यादव १२४ ,लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका महमुद आलम मियाँ ६१ , राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्य कुमार साह ४५ , नेपाल मजदुर किसान पार्टीका हरिनारायण महतो ९ , बहुजन शक्ति पार्टीका श्‍याम कुमार मेस्तर ६ ,सामाजिक एकता पार्टीका पशुपती सिंह १ र स्वतन्त्र उमेदवार अशोक कुमार यादव १ , चन्‍दन चौधरीले अहिले सम्म १ मत ल्याएका छन्। गठबन्धका उम्मेदवार महेश प्रसाद चौधरी २ हजार ८८६ मतान्तरले नेकपा एमालेका उम्मेदवार मुनि साहलाई पछि पार्दै अग्र स्थानमा छन्। 

यता उपमेयर तर्फ गठबन्धन जसपा रामचलितर महतोले ३३६५  मत प्राप्त गरि अग्र स्थानमा छन् ,भने उनलाई एमालेकी सरियार कुमारी चौधरी ३००३ मत ल्याएर पछ्याई रहेकी छिन। गठबन्धन र एमालेका उम्मेदवारहरुको वडा न .१ देखि ८ सम्मको मत परिणाम जोड्दा अहिले गठबन्धनका उम्मेदवारहरु अग्रता बढाउदै गइरहेको छ। 

त्यस्तै लहान नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)  कन्चन चौधरीले १५८२ ,जनमत पार्टी (जपा) लिलम देवी ठाकुर ११३, राष्ट्रिय प्रजातन्त्र पार्टी सुषमा कुमारी यादव ५१, नेपाल मजदुर किसान पार्टी रंजु कुमारी सिन्हा ७ , लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, संसरीया देवी १, सामाजिक एकता पार्टी अमलेस देवी दनुवारनी १ मत लाइरहेको अवस्था छ। यसमा अहिले जारि रहेको मतगणना वडाहरु  ९ र १० को मत जोडिएको छैन। लहान नगरपालिकामा अहिले सम्म नेपाली कांग्रेसका वडा १ बाट युगल किशोर चौधरी ८३१  , वडा २ बाट सियाराम यादव ३९० , वडा ३ बाट राम दयाल महतो ६४७, नेकपा एमालेको गढ मानिएको वडा न .५ बाट अब्दुल करिम ७३७, वडा ६ बाट रमेश गौतम ३२३, लहान ७ बाट राम औतार शर्मा ६७४ , लहान ८ बाट श्याम शाह भोरे भोर ६८३ मत मत ल्याएर विजय भएका छन्। त्यस्तै वडा न .४ बाट नेपाली कांग्रेसका मो.अवुल मियाँलाई कडा टक्कर दिदै जनता समाजवादी पार्टी, नेपालका रामनाथ पंडित ४३४ मत ल्याई निकटतम प्रतिस्पर्धी मियाँलाई १४ मतान्तरले पछि पार्दै विजय भएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.