शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा कांग्रेसको विजयी अभियान जारि
जेठ ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ४ - 
लहान नगरपालिकामा १४ वटा वडा अध्यक्षको अन्तिम मतपरिणाम घोषणा भैसकेको छ। जसमा १२ वटा वडामा नेपाली कांग्रेस विजयी भएका छन् भने एउटामा जनता समाजवादी पार्टी र एउटामा एमालेको प्यानल विजयी भएको छ।लहान नगरपालिकाको १,२,३,५,६,७,८,११, १२ ,१३ र १६ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल सहित विजयी भएका छन्" भने वडा नम्बर ९ मा वडा अध्यक्ष मा नेपाली कांग्रेसका उम्मेदवार विजय भए पनि वडा सदस्यहरु एमालेका विजय भएका छन्।  त्यस्तै वडा  ४ मा जनता समाजवादी पार्टीबाट वडाअध्यक्षसहितको प्यानल विजयी भएका छन्। भने वडा १० बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वडाअध्यक्षसहितको प्यानल विजयी भएका छन्।

वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार युगकिशोर चौधरी ८३१ मत ल्याएर विजयी भएका छन्। नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार मन्टुन चौधरी ६०६ मत सहित दोस्रो भएका छन्। वडा नम्बर २ मा नेपली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार शियाराम यादव ३९० मत ल्याएर विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार शिव नारायण महतो ३५३ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष उम्मेदवार रामदयाल महतो ६४७ मत ल्याएर विजयी भएका छन्। नकेपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार राजेशकुमार चौधरी ५४५ मत ल्याएर दोस्रो भएका छन्। 

वडा नम्बर ४ मा जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार रामनाथ पण्डित ४३४ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार मोहम्मद अवुल मियाँ ४२० मत लयाएर दोस्रो भएको छ। वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार अब्दुल करिम ७३७ मत ल्याए विजयी भएका छन भने नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार रियासत लिमी मुन्ना ५९७ मत ल्याएर दोस्रो भएका छन्।वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार रामेश गौतम ३२३ मत ल्याए विजयी भएका छन। नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष उम्मेदवार वैजनाथ साहु सुडी २८२ मत ल्याएर दोस्रो भएका छन्।

वडा नम्बर ७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार रामऔतार शर्मा ६७४ मत ल्याएर विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार राकेश कुमार गुप्ता २४६ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ८ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार श्याम कुमार साह ‘भोरेभोर’ ६८३ मत ल्याएर विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदवार विजयकुमार महतो ५११  मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ९ मा कांग्रेसका उम्मेदवार घुरन चौधरी ४६८ मत ल्याएर वडा अध्यक्षमा विजय भए पनि वडा सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु यस कुमार चौधरी ,राज कुमार मल्‍ल,कमलावती देवी चौधरी र लगन वती मोची विजय भएका छन्। वडा नम्बर ९ को दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका मो. नियामुदिन मियाँ ३८५ मत ल्याएर दोस्रो भएका छन्। 

वडा नम्बर १०  मा नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीबाट वडा अध्यक्ष उम्मेदवार मन्टी कुमार मण्डल ८२० मत ल्याएर विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) बाट वडा अध्यक्ष उम्मेदवार कृष्ण हरि गैरेल २६१ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार सूर्य नारायण चौधरी ७७१ मत ल्याएर विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा अध्यक्ष उम्मेदवार राजेन्द्र प्रसाद साह सुडी ४८६ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार बद्री नारायण चौधरी ५९६ मत ल्याएर विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडा अध्यक्ष उम्मेदवार घुरन चौधरी ३७९ मत ल्याएर दोस्रो भएका छन्। वडा नम्बर १६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार गडुल वहादुर जर्घा मगर ४०० मत ल्याएर विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुस्‍कल प्रसाद ढुङ्गाना २३२ ल्याएर दोस्रो भएका छन्। वडा नम्बर १३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार मनोज कोइराला ६८५ मत ल्याएर विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राम प्रसाद यादव 
५३७ मत ल्याएर दोस्रो भएका छन्। निर्वाचित वडा अध्यक्षहरुमध्ये नेपालि कांग्रेसका वडा नम्बर १ का चौधरी, ५ का करिम, ६ का गौतम , ७ का शर्मा, ८ का साह, ९ र ११ का चौधरी त्यस्तै वडा १३ का कोइराला नयाँ अनुहार हुन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.