शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा चौधरीको अग्रता झन्डैले दोवर
जेठ ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ४ - 
लहान नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश चौधरी प्रतिस्पर्धी साह भन्दा करिब दोब्बर मतले अगाडी बढेका छन् ।लहान नगपालिका १ देखि १३ सम्म र १६ नम्बर वडाको मतपरिणाम सार्वजनिक हुँदा सम्म मेयर उम्मेदवार चौधरी १० हजार ५२९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मुनी साह ५ हजार ९०३ मत ल्याएर पछियाई रहेका छन्। चौधरी ४ हजार ६२६ मतान्तरले लिड गरिरहेका छन्। साह लहानका निवर्तमान मेयर रहेपनि अपेक्षा अनुसार भोट आउँन सकिरहेको छैन् । यो निर्वाचनमा कांग्रेस- जसपा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेकाले मेयरमा चौधरी विजयी हुने प्रवल सम्भावना छ । लहानमा नेकपा एकिकृत समाजवादी कमजोर देखिएको छ । यो पार्टीका मेयर उम्मेदवार बिनोद साह हालसम्म ७६८ मत मात्र ल्याउन सकेका छन् । त्यस्तै जनमत पार्टी (जपा) का बालेश्‍वर यादव १३३  ,लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका महमुद आलम मियाँ ६१ , राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्य कुमार साह ७०, नेपाल मजदुर किसान पार्टीका हरिनारायण महतो ९ , बहुजन शक्ति पार्टीका श्‍याम कुमार मेस्तर ७ ,सामाजिक एकता पार्टीका पशुपती सिंह २१ र स्वतन्त्र उमेदवार अशोक कुमार यादव १ , चन्‍दन चौधरीले अहिले सम्म १ मत ल्याएका छन्। गठबन्धका उम्मेदवार महेश प्रसाद चौधरी मतगणना सुरु भए देखि नै अग्र स्थानमा छन्।

यता लहान नगरपालिका उपमेयर तर्फ नेकपा एमालेकि उम्मेदवार गठबन्धनका उम्मेदवार रामचलितर महतोलाई पछि पार्दै ५०९ मतान्तरले अग्रता कायम गरेकी छिन। वडा न.१ देखि १३ सम्म र १६ नम्बरको परिणाम समेत जोड्दा सरियार चौधरी ( सुर्य ) ५८१० , राम चलितर महतो (छाता ) ५३०१,नेकपा एस (कलम) कन्चन चौधरीले अहिले सम्म २३५८,राष्ट्रिय प्रजातन्त्र पार्टी सुषमा कुमारी यादव ४२०, जनमत पार्टी (जपा) लिलम देवी ठाकुर १३०, सामाजिक एकता पार्टी अमलेस देवी दनुवारनी २४,नेपाल मजदुर किसान पार्टी रंजु कुमारी सिन्हा ७ , लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, संसरीया देवी १ मत लाइरहेको अवस्था छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.