शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकामा कांग्रेसको दबदबा
जेठ ६, २०७९ | फिरोज शेख


फिरोज शेख लहान २०७९ जेठ ६ - 
बैशाख ३० गते समपन्न स्थानीय तह निर्वाचन अन्तर्गत लहान नगरपालिकाको मतगणना जारि संगै विभिन्न वडाहरुको परिणाम आउने क्रम जारि छ।  यो समाचार तयार पर्दा सम्म लहान नगरपालिकाको वडा १ देखि २३ सम्मको अन्तिम मतपरिणाम घोषणा भइसकेको आधिकारिक जानकारी प्राप्त भएको छ,भने वडा नम्बर  २४ को मत परिणामको अन्तिम जानकारी आउन बाँकी छ। आएको २३ वटा वडाहरुको आधिकारिक परिमाम अनुसार १५ वटा वडा नेपाली कांग्रेसले जितेका छन्। भने २ वडा जसपा , ४ वडा नेकपा एमाले , १ वडा एकीकृत समाजवादी र १ वडा माओवादी केन्द्रले जितेका छन् ।लहान नगरपालिकाको १,२,३,५,६,७,८, ९ ,११, १२ ,१३,१५,१६, १९ र २२ नम्बर वडामा नेपाली कांग्रेसका वडा अध्यक्षहरु विजयी भएका छन्" भने  वडा नम्बर ४ मा जसपा, वडा नम्बर १०,१७,१८ र २१ मा एमाले , वडा नम्बर १४ मा नेकपा एकीकृत समाजवादी पार्टी र वडा नम्बर २० वाट माओवादी केन्द्रले खाता खोलेका छन् । हिजो सार्वजनिक गरिएको परिणाम अनुसार वडा नम्बर २० मा माओवादी केन्द्र बाट वडा अध्यक्षका उम्मेदवार गणेश कुमार चौधरी ९०१ मत ल्याई निर्वाचित भएका छन्। उनलाई पछ्याउदै एमालेका उम्मेदवार जितन कुमार साह ५४७ मत प्राप्त गरि निकटतम प्रतिस्पर्धी भएका छन्। त्यसै कांग्रेसका विनोद कुमार साह २२ मत प्राप्त गरि तेस्रो स्थानमा पाएका छन्। भने राप्रपाका घुरद्द चौधरी  १६ ,जनमत पार्टी (जपा) का उम्मेदवार देब लाल महतो ११ मत प्राप्त चित्त बुझाएका छन्।

त्यस्तै वडा नम्बर १९ को मतपरिणाम अनुसार नेपालि कांग्रेसका मो कमरुदीन राइन १०१५ मत प्राप्त गरि विजय भएका छन्। उनलाई पछ्याउने क्रममा जनता समाजवादी पार्टी, नेपालका शत्रुधन मण्डल ६७७ मत प्राप्त गरि दोस्रो स्थान प्रात गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का मोहम्मद हकिम ४३० ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राम अधिन यादव ७९ र जनमत पार्टी (जपा)का पलट मिया २२ मत प्राप्त गरेका छन्।

त्यस्तै आज बिहान सार्वजनिक  वडा नम्बर २३ को मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपालका बद्री यादव ९८४ मत प्राप्त गरि विजय भएका छन्। नेपाली कांग्रेसको गढ मानिएको वडा नम्बर २३ मा निरन्तर जित्दै आएका कांग्रेसका उमेदवार तथा निवर्तमान वडा अध्यक्ष कन्‍हैया प्रसाद गुप्‍ताले प्राप्त गरेको ८०१ मत भन्दा १८३ बढी मत प्राप्त गरि निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार गुप्ता ८०१ मत प्राप्त गरि दोस्रो भएका छन्। त्यस्तै एमालेका असेश्‍वर यादव पछयाउने क्रममा ४९७ मत प्राप्तगरी तेस्रो स्थान प्राप्त गरे। भने चौथो स्थानमा जनमतका राजु कुमार यादव आफ्नै १ मत प्राप्त गरि चित्त बुझाएका छन्।   

त्यस्तै  वडानम्बर २२ को मतपरिणाम अनुसार नेपाली काँग्रेसका श्याम कुमार अधिकारी थारु ९२२ मत प्राप्त गरि विजय भएका छन्। भने दोस्रो स्थानमा जनता समाजवादी पार्टी, नेपालका योगेन्द्र प्रसाद यादव ६९६ मत र तेस्रो स्थानमा रहेका एमालेका जितेन्द्र प्रसाद चौधरी ५८३ मत प्रात गरेका छन्। भने चौथो स्थान प्राप्त गरेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का अनन्त चौधरी ३१ मत ल्याएका छन्। यसै बीच मतगणना जारि रहेको २४ नम्बर वडाको पछिलो मत परिणाम अनुसार २७८ मत गन्न बाँकी रहदा जनता समाजवादी पार्टी, नेपाल वडा अध्यक्षका उम्मेदवार रास लाल राय राजपुत १५६२ मत प्राप्त गरि जित नजिक पुगेका छन्। उनलाई पछ्याउने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निवर्तमान वडा अध्यक्ष कमल देव यादव ७४४ मत प्राप्त गरि पछियाई रहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.