शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको मेयरमा चौधरी र उपमेयरमा महतो जित नजिक ,अब २७८
जेठ ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ६ - 
लहान नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस गठबन्धनका महेश प्रसाद चौधरी जित नजिक पुगेका छन्। यो समाचार तयार पर्दा सम्म लहान नगपालिका भित्रका वडा १ देखि २३ नम्बर वडाको मतपरिणाम सार्वजनिक हुँदा सम्म मेयरका उम्मेदवार महेश प्रसाद चौधरी  १८ हजार ८२७  मत प्राप्त गरि जित नजिक पुगिसकेका छन्। मात्र आधिकारिक घोषणा हुन् बाँकी रहेको छ। उनलाई पछ्याउने क्रममा  नेकपा एमालेका मुनी साह सुडी ११ हजार २३२ मत ल्याई पछि परेका छन्। चौधरी अहिले ७ हजार ५९५ मतान्तरले लिड गरिरहेका छन्। यो निर्वाचनमा कांग्रेस- जसपा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेकाले मेयरका उम्मेदवार चौधरी जित नजिक पुगेका हुन्। त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार बिनोद कुमार साह हालसम्म २१२७ मत ल्याएका छन् । गठबन्धका उम्मेदवार महेश प्रसाद चौधरी मतगणना सुरु भए देखि नै निरन्तर अग्रता बढाउदै फराकिलो मतान्तरले विजय हुने निश्चित भइसकेको छ।

त्यस्तै लहान नगरपालिका उपमेयर तर्फ नेकपा एमालेकि उम्मेदवारले गठबन्धनका उम्मेदवार रामचलितर महतोलाई कडा टक्कर दिदै २३  वटा वडाको परिणाम सार्वजनिक हुदा सम्म १२१ मतान्तरले अग्रता कायम गरे पनि अहिले वडा नम्बर २४ को मतगणना जारि रहदा एक हजार भन्दा बढी मतान्तरले पछि परेकी छिन। लहान २४ को जारि मत गणना परिणाम अनुसार २७८ माट गन्न बाँकी रहदा सम्म मेयर (रुख) ११७९ (सुर्य) ६९४, उपमेयर (छाता) १५४३ (सुर्य) ७०५ , वडा अध्यक्ष (छाता) १५४३ (सुर्य ) ७४४ (हसिया हथौडा ) २१२ र  ( हर्न ) का उम्मेदवारले ५४ मत प्राप्त गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.