शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा गठबन्धनका उम्मेदवार मेयर,उपमेयरमा निर्वाचित
जेठ ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ६ - 
सिरहाको लहान नगरपालिकामा सबै उम्मेदवारहरुको मत परिमाण सार्वजनिक भएको छ। लहान नगरपालिका निर्वाचन अधिकृतको कार्यलयले शुक्रबार निर्वाचित मेयर ,उपमेयर लगायत गणना गर्न बाकि रहेका सम्पूर्ण वडाहरुको अन्तिम नतिजा सार्वजनिक गर्दै मतगणना कार्यक्रम सम्पन्न भएको जनाएका छन्। जसमा गठवन्धनका उम्मेदवार महेश चौधरी मेयर पदमा विजयी हुनु भएको छ। भने निवर्तमान मेयर मुनी साह सूडीसँग ८ हजार १ सय ३९ मतको फराकिलो अन्तरले नेपाली काँग्रेसका चौधरी निर्वाचित भएका हुन्। चौधरीले २० हजार १ सय ५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार साहले ११ हजार ९ सय ६६ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका विनोद कुमार साहले २ हजार एक सय ५२ मत प्राप्त गरेको छ।

त्यस्तै उपमेयरमा गठवन्धनकै जसपाबाट उम्मेदवारी दिएका रामचलितर महतो १२ हजार ५ सय ६९ मत ल्याई विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयर तथा नेकपा एमालेका उम्मेदवार सरियार कुमारी चौधरीले ११ हजार ७ सय ९० मत ल्याउँदा नेकपा एसका कंचन चौधरीले ४ हजार ६ सय ५६ मत प्राप्त गरेको छ। निर्वाचित उपमेयर महतो ७७९ मतान्तरले विजय भएका हुन्। 

देशकै सवैभन्दा ठूलो यस नगरपालिकाको २४ वडामध्येय सवैभन्दा बढी नेपाली काँग्रेस १५ वटा वडामा आफ्नो वडा अध्यक्ष निर्वाचित गराउदै बहुमत सहितको स्थानीय सरकार बनाउन सफल भएका छन्। त्यस्तै  ४ वटा वडामा नेकपा एमाले, ३ वटामा जसपा, १ वडामा नेकपा माओवादी केन्द्र र १ वडामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर १ मा युगल किशोर चौधरी ८३१ मत , २ मा सीयाराम यादव ३९० मत , ३ मा रामदयाल महतो ६४७ मत , ५ मा अवदुल करिम ७३७ मत, ६ मा रमेश गौतम ३२३ मत , ७ मा राम औतार शर्मा ६७४ , ८ मा श्याम कुमार साह भोरे भोर ६८३ मत, ९ मा घुरन थारु ४६८ मत , ११ मा सूर्यनारायण चौधरी ७७१ मत, १२ मा बद्रिनारायण चौधरी ५९६ मत , १३ मा मनोज कोइराला ६८५ मत , १५ मा तेज नारायण चौधरी १०९१ मत , १६ मा गरुड बहादुर जर्घा मगर ४०० , १९ मा मो. कमरुदीन र्राइन १०१५ मत र २२ मा श्याम कुमार अधिकारी थारु ९२२ मत परापत गरि निर्वाचित  भएका छन्।

त्यस्तै नेकपा एमालेको तर्फबाट वडा नम्वर १० मा मन्टी कुमार मण्ड ८२० , १७ मा प्रथमलाल चौधरी थारु ६०३ मत, १८ मा मो. सामसेर १२४७ मत र २१ मा राजकुमार यादव ७६३  मत ल्याई विजयी भएका छन्। यसै बीच जनता समाजवादीबाट वडा नम्वर ४ का रामनाथ पण्डित ४३४ मत , २३ बाट बद्री यादव ९८४ मत र २४ बाट राजलाल राय राजपुत निर्वाचित भएका छन्। यता नेकपा माओवादी केन्द्रबाट वडा नम्वर २० मा गणेश चौधरी ९०१ मत र नेकपा एसका तर्फबाट वडा नम्वर १४ मा धनिकलाल यादव ४२७ मत प्राप्त गरि निर्वाचित भएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.