शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नवनिर्वाचित वडा अध्यक्ष करीम द्वारा पदभार ग्रहण
जेठ १०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १० - 
लहान नगरपालिका वडा न.५ का नवनिर्वाचित वडा अध्यक्ष अब्दुल करीमले मंगलवार पदभार ग्रहण गरेका छन्। वडा कार्यलय द्वारा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष करीम वडा कार्यलयको गेटमा रिवन काटी आफ्नो कक्षमा प्रवेश गरि केक काटेर पदभार ग्रहण गरेका हुन्। वडा अध्यक्ष करिमले वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरे अनुसार आफूले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर कामलाई सरल र सहज बनाउन लागि परेको बताए। नेपालि कांग्रेस बाट उम्मेदवार बनेका करीम वडामा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। चुनाव जितेलगत्तै काममा खटिएका वडाध्यक्ष करिमले वडाका जनताहरुका लागि जन्म दर्ता ,विवाह दर्ता ,मृत्युं दर्ता र नागरिकता सिफारिस नि:शुल्क गर्नुका साथै मुसहर समुदायलाई कृयाखर्च वापत नगरपालिका बाट रु.५००० उपलब्ध गराउने बताउनुहुदै वडा वासीको समस्यालाई आफ्नो समस्या सम्झी सेवामा सदैव समर्पित रहने उद्घोष गर्दै"अनाहकमा कुनै पनि सेवा ग्राहीलाई वडा कार्यलय बाट प्रवाह हुने सेवा सुबिधा बाट बन्चित नगर्न वडा सचिव सहित सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत  दिनुभयो। पदस्थापनकार्यक्रममा नेपालीका कांग्रेसका राम सुन्दर चौधरी ,पुनम चौधरी,सुनिल महतो, मो. मुस्ताक,मकबुल मियाँ, ईसाक मियाँ लगायत निर्वाचित सम्पूर्ण वडा सदस्यहरु संगै वडा वासीहरुको समेत उपस्तिथी रहेको थियो।  

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.