शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको (डम्पिङ साईट) र शवदाह गृहको समस्या सामाधान - नगरप्रमुख
जेठ ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ११ - 
लहान नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरीले पदभार ग्रहण गरेको दुईदिन नपुग्दै बर्षौदेखि विवादास्पद रहेको फोहर व्यबस्थापनका लागि (डम्पिङ साईट) र शवदाह गृहको समस्या सामाधान गरेका छन्। लहान ४ का वडा अध्यक्ष रामनाथ पण्डितको रोहवरमा स्थानीय नगरवासीहरुको सल्लाह ,सुझाव र छलफल पश्चात लहान - ४ को उत्तराहनि खुट्टीखोलामा शवदाह गृह (आर्यघाट ) निर्माण गर्ने निर्णय गरिएको छ। भने लहान ३ मा अवस्थित पुरानो बसपार्क देखि पुर्वपट्टी बलानखोलाको छेउमा फोहर व्यबस्थापनका लागि ( ड्म्पिङ्ग साईट) निर्माण गर्ने निर्णय भएको नगरप्रमुख चौधरीले सरगम खबरलाई जानकारी गराउनु भएको छ। लहान ३ का वडा अध्यक्ष राम दयाल महतो लगायत स्थानीयहरुको सामुहिक सहमति अनुसार ( ड्म्पिङ्ग साईट) स्थायी रुपमा निर्माण गर्ने निर्णय गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो। 

नगरप्रमुख चौधरीका अनुसार फोहोरमैलालाई टोल स्तरमै फोहोरको वर्गीकरण गरेर नगरपालिकाको गाडीमा अलग–अलग पठाउने र जसमा कुहिने फोहोर र नकुहिने फोहोर पठाईने छ भने फोहोर व्यवस्थापन बारे स्थानीय स्तरमा विभिन्न माध्यमबाट जानकारी गराईने छ। बिज्ञको सल्लाह अनुसार फोहोरमैलाको वर्गीकरण गरेर व्यवस्थापन गरिने छ।' नगरवासीमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धिमूलक नहुने भएकाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको मेयर चौधरीको भनाई छ ।  त्यस्तै आर्यघाटमा अन्त्येष्टि गर्दा वातावरण, पानी र माटो प्रदूषित कम मात्रामा हुने भएकोले आर्यघाटको काम छिटै सुरुवात गरिने बताउनु भयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.