शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी कल्व लहान द्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रम
जेठ १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १३ -
सिरहाको लहानमा रोटरी कल्व अफ लहानले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले लहान नगरपालिकाको विकासका लागि विभिन्न संघ-संस्था सँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । विहिवार रोटरी कल्व अफ लहानले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा मेयर चौधरीले यस्तो बताएका हुन्। मेयर चौधरीले लहान नगर भित्र भएका समस्याहरु क्रमिक रुपमा सुधार गर्दै जाने प्रतिवद्धता जनाउदै तत्कालै आफुले गरेका कार्यहरु चियामा मासिक खर्च तीन लाख नियन्त्रण ( सेताेबाट राताे),चाैपाया नियन्त्रण, ज्यालादारी कर्मचारीकाे बिदाइ (१०३) जना,लहान ४ मा असमसान घाटकाे निर्माण ,लहान ३ मा व्यवस्थित डम्पिङ साईड निर्माण ,सरकारी सेवा सुबिधा नलिई साेे रकम बिपन्न,गरिब,दलित समुदायमा राहत बितरण ,सरकारी गाडी छाडेर निजी गाडीमा यात्रा,ब्यक्तिगत घटना, जन्म दर्ता, मृत्यु दर्ता र विवाह दर्ता नि:शुल्क, मुसहर समुदायमा कसैको पनि मृत्यु भए रू.५ हजार किर्याखर्च दिने,वृद्धहरुलाई घरमै भत्ता पुर्‍याउने विषयमा बैकरहरुसँग छलफल, नहरहरुको सरसफाई लगायतका कामहरु अगाडी बढाई सकेको र केहि दिन भित्रै डिजे बाजा बन्द,लाम खुट्टे नियन्त्रण ,सडक अतिक्रमण,ढलको समस्या, दैनिक ८ हजार घाटामा गइरहेको नगरबसलाई तत्काल संचालनमा रोक लगाइएपनि निजि क्षेत्रलाई हस्तान्तरन गर्ने,विगत केहि महिना देखि खाने पानीमा आइरहेको धमिलो पानीको समस्या,बजार भित्र प्रवेश गर्ने ठुला ट्रक र ट्याक्टर नियन्त्रण लगायतका कार्यहरु कार्यपालिका सदस्यको निर्वाचन पछि बस्ने बोर्डको पहिलो बैठक बाट नै कार्यान्वयनमा ल्याउने बताउनु भयो।

रोटरी कल्व लहानका वर्तमान अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर उपप्रमुख रामचलितर महतोले महिलालाई हरेकक्षेत्रमा पँहुच बनाउँन उनीहरुको शिक्षा,स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनु भयो। उपमेयर महतोले गरिब, दलित तथा विपन्नवर्गका महिलालाई निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने कार्ययोजना तयार भइरहेको छ । रोजगारीतर्फ जोेडन आय आर्जनसहित शिपमुलक तालिमको व्यवस्थापन गरिने बताउँनुभयो ।दलितलाई किरियाखर्च ५ हजार दिने हाम्रो मेयर साहेवले घोषणा नै गरिसकेको भन्दै उपमेयर महतोले आँग खस्ने महिलाको उपचारको व्यवस्थापनका साथै निशुल्क सेनेटरी प्याडको व्यवस्थापन गर्ने कार्ययोजना रहेको बताउँनुभयो।

 मदिरा सेवन गरेर पतिले पत्निलाई कुटपिट तथा महिला हिँसा गर्ने गरेको छ । हिँसामा परेका महिलाहरु प्रहरीमा कुदिरहन्छन् । तर, न्याय नपाएको अवस्था छ । त्यसको निम्ति विशेष योजनासहित न्याय समितिलाई सशक्त पारेर महिलालाई न्याय दिलाउँन कसिलो संयन्त्र बनाउँन लागि परेको बताउँनुभयो । उपमेयर महतोले १० हजार युवाहरुलाई शिपमुलक तालिम दिएर रोजगारीतर्फ उन्मुख गराउँने तयारी भइरहेको छ । तालिम लिएका युवाहरु वैदेशिक रोजगारमा नगएपछि उनीहरुलाई स्थानीयमै २ लाखसम्म ऋण दिएर रोजगारी सृजना गर्ने कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउँने महतोले बताउँनुभयो ।

 त्यस्तै स्वास्थ्य क्षेत्रलाई सवल बनाउँन लहान स्थित रहेको अस्पताललाई ट्रामा सेन्टरको रुपमा अगाडि बढाउँने योजना रहेको छ । योसँगै कृषिक्षेत्रमा विशेष कार्यक्रम ल्याउँने कार्ययोजना रहेको जानकारी गराउनु भयो। कार्यक्रमा उपस्थित लहान रोटरी क्लवका संस्थापक अध्यक्ष सुशील अग्रवाल,महा सचिव सिद्धिराज अग्रवाल ,वर्ष २०२२-२०२३ का लागि चयन हुनु भएका अध्यक्ष प्रदिप कुमार गुप्ता ,महा सचिब गोपाल कुमार गुप्ता,पदाधिकारीहरु पुनम चौधरी ,सुनिल चौधरी ,सुनिल चौधरी ,असेस्वर नायक ,नगेन्द्र साह, विकास सारडा,मिडियाकर्मी फिरोज शेख लगायतका पदाधिकारीहरुले लहानको वर्तमान अवस्था र समस्याहरु बारे नगर प्रमुख चौधरी र उप-प्रमुख महतोलाई ध्यानआकर्षण गराउदै फुलमाला,अविर र खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.