शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडाबासिका लागि एम्बुलेन्स सरह काम गर्ने वडा अध्यक्ष साहको उद्घोष
जेठ १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १३ -
लाहान नगरपालिका-८ मा नवनिर्वाचित वडा अध्यक्ष श्याम साह (भोरेभोर) लगायत सदस्यहरुले शुक्रबार पदभार ग्रहण गरेका छन्। नेपाली कांग्रेस बाट नवनिर्वाचित श्याम साह (भोरेभोर ) ले पदभार ग्रहण पश्चात् वडाको सम्पुर्ण बिकासमा तदारुकताको साथ लाग्ने जनाएका छन्। अध्यक्ष साहले आफुलाई जिताएकोमा वडावासीलाई धन्यवाद दिदै वडा वासीका लागि एम्बुलेन्स सरह कार्य गर्ने प्रतिबध्ता जनाएका छन्। वडा वासीको समस्या लाई समाधान गर्न आफु कुनै कसर बाँकी नराख्ने र वडाका बुद्धिजीवीहरुको सल्लाह सुझाव अनुसारनै वडा न .८ लाई विकासको पथमा डोर्याउने बताएका छन्। कार्यक्रममा निर्वाचित वडा सदस्यहरु राजु मण्डल, गोपी महतो ,किरण कुमारी यादव, शान्ति देवी सदाय लगायत स्थानीय वासी,बिद्यार्थी, बुद्धिजीवी,पत्रकारलगायतको उपस्थिति रहेको थियो। नवनिर्वाचित वडा अध्यक्ष श्याम साह भोरेभोर जसपाका निवर्तमान अध्यक्ष विजय कुमार महतोलाई पराजित गर्दै निर्वाचित भएका छन्। अध्यक्ष साह २०७४ सालको सथानीय सदस्य निर्वाचनमा निवर्तमान वडा अध्यक्ष बाटै पराजित भएका थिए। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.