शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निर्वाचित कार्यपालिका सदस्यहरुलाई नगरप्रमुख चौधरीले सपथ ग्रहण गराए
जेठ १६, २०७९ | फिरोज शेख


फिरोज शेख लहान २०७९ जेठ १६ - 
सिरहाको लहान नगरपालिकामा शनिबार सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन र स्वतन्त्र बाट निर्वाचित ८ जना कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।शनिबार निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट सतोनिपा देवी चौधरी, शान्ति देवी सदाय, जसपाबाट उर्मिला देवी दास,आशा कुमारी र नेकपा माओवादी केन्द्रबाट कुश्मी देवी रामले पद तथा गोपनियताको सपथ लिएका छन्। त्यस्तै स्वतन्त्र बाट तेज नारायण चौधरी,रविन्द्र प्रसाद चौधरी र महेन्द्र ठाकुर हजाम सहित आठै जना निर्वाचित कार्यपालिका सदस्यहरुले नगरप्रमुख महेश प्रसाद चौधरीबाट पद तथा गोपनियताको सपथ लिएका छन्। हिजो सम्पन्न कार्यपालिका निर्वाचनले नेपाली कांग्रेस,जसपा र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको लहान नगरपालिकामा नगर सभा र कार्यपालिकामा दुई तिहाई बहुमत प्राप्त भएको छ । लहान नगरपालिकामा सम्पन्न स्थानीय निर्वाचनमा नेपालि कांग्रेस तर्फबाट मेयर तथा १५ वटा वडा, जसपा बाट उपमेयर सहित ३ वटा वडा त्यसैगरी नेकपा माओवादी केन्द्रले १ वटा वडा र एमालेले ४ वटा वडा र नेकपा एकीकृत समाजवादी पार्टीले १ एक वटा वडामा विजयी प्राप्त गरेका थिए। 

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले निर्वाचित कार्यपालिका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै लहान नगरपालिकाको समृद्धि र विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो। मात्र प्रमुख ,उपप्रमुख र वडा अध्यक्षले मात्रै गरेर लहानको समृद्धि र विकास नहुने बताउदै" कार्यपालिका सदस्य,वडा सदस्यहरुको भूमिका पनि त्यतिनै महत्व पूर्ण भएको हुँदा यस नगरपालिकाको उन्नति,प्रगतिका लागि सबैले आ-आफ्नो ठाउँ बाट इमान्दारिताका साथ सहयोग गरे ३ बर्ष भित्र लहानको स्वरूप परिवर्तन गर्ने  ठोकुवा गर्नु भयो। नगर प्रमुख चौधरीले उपस्थित सम्पूर्ण वडा अध्यक्ष ,वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई लहानको समृद्धि र विकासमा एक जुट भएर अगाडी बढन अनुरोध गर्दै आफु निर्वाचित भइसके पछि सम्पूर्ण पार्टीको मेयर भएको हुँदा बजेट वितरण वा अन्य कुनै पनि विकास निर्माणको कार्यमा कसै संग पक्षपात नगरी सबै वडा लाई सम्मान रुपमा बजेट वितरण र जिम्मेबारी दिइने बताउनु भयो। वडा न.२४ का वडा अध्यक्ष रासलाल राय राजपुतले स्वागत मन्तव्य राख्नु भएको थियो"भने उपप्रमुख रामचलितर महतो ,वडा न.२० र १२ का वडा अध्यक्ष गणेश चौधरी र बद्रि नारायण चौधरीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमा अन्य वडाका वडा अध्यक्ष,कर्मचारी लगायतको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.