शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पर्यटकीयस्थल हात्तीदहमा सेल्फीब्रिज निर्माण हुने ः मेयर चौधरीको घोषणा
जेठ १९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १९ - 
लहान १५ शोभापुरमा रहेको हात्तीदहमा सेल्फीब्रिज बनाउने लहान नगरपालिका मेयर महेश प्रसाद चौधरीले घोषणा गरेका छन्।पर्यटकीय स्थलको रुपमा चर्चित रहेको हात्तीदहमा लोभ लाग्दो दृश्य निर्मित रहेको सो स्थललाई थप आकर्षक बनाउँन सेल्फीब्रिज निर्माण गरिने मेयर चौधरीले बताउँनुभयो । हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र लहान १५ शोभापुरले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर चौधरीले हात्तीदह लहानलाई चिनाउँने एउटा सुन्दरस्थल रहेकोले थप निर्माण कार्य गर्न लहान नगरपालिकाको दायित्व रहेको बताउँनुभयो । मेयर चौधरीले थप निर्माणको लागि मास्टरप्लान अनुरुप  लहान नगरपालिकाले प्रदेश र संघीय सरकारबाट बजेटको लागि सिफारिस गरिने बताउँनुभयो । सो कार्यक्रममा उपमेयर रामचरितर महतोले पर्यटकीय क्षेत्रलाई थप निर्माण कार्य गर्न गराउँन प्रदेश सरकारसँग समन्वय गर्ने बताउँनुभयो । कार्यक्रमको अध्यक्षता रुद्धनारायण चौधरीले गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.