शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बहुप्रतिक्षित फिल्म 'लुट-२ देशब्यापी रुपमा प्रर्दशन , मल्टिप्लेक्समा आक्रमक
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता

फागुन १२, २०७३ काठमाडौं : शुक्रबारदेखि बहुप्रतिक्षित फिल्म 'लुट-२' ले देशब्यापी रुपमा आफ्नो प्रर्दशन प्रारम्भ गरेको छ। 'लुट-२' ५ बर्ष पहिले प्रर्दशनमा आएको सुपर हिट फिल्म 'लुट'को सिक्वोल हो। 'लुट-२'ले 'लुट'कै कथालाई निरन्तरता दिने निर्देशक निश्चल बस्नेतले बताए। पाँच बर्ष पहिला 'लुट'ले नेपाली फिल्म बजारलाई राम्रो सँग तताएको थियो। 'लुट-२' लाई अहिलेका चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानि रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको उक्त फिल्ममा सैगात मल्ल, दयांहाग राई, कर्म, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ। केही समय अगाडि 'लुट-२' मा समायोजित 'ठमेल बजार' बोलको गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको उक्त गीतले फिल्म रिलिज पूर्वनै एक करोड जनाले हेरेका छन्। लुट-२ ले मल्टिप्लेक्समा अक्रामक व्यापार गर्ने देखिएको छ। प्राय: सबै मल्टिप्लेक्स हलहरुमा शुक्रबारको लागि सबै टिकट बुकिङ भइसकेको छ।

 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.