शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लाईन्स क्लव अफ लहान फूलवारीको अध्यक्षमा झा पुनः सर्वसहमत चयन
जेठ १९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १९ - 
लाईन्स क्लव अफ लहान फूलवारीको प्रथम अधिवेशन एवम नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ।लहान स्थित मारवाडी सेवा सदनमा सम्पन्न प्रथम अधिवेशन बाट पुरानै कार्यसमितलाई निरन्तरता दिदै केहि नयाँ सदस्यहरु सहितको समिति चयन गरिएको छ। लहान नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिशेशन बाट अध्यक्ष – राकेश झा,प्रथम उपाध्यक्ष – राजाबाबू साह,द्वितीय उपाध्यक्ष – शंकर प्रसाद गुप्ता,तृतीय उपाध्यक्ष – काशीन्द्र प्रसाद यादव,सचिव – श्याम सुन्दर साह,कोषाध्यक्ष – मनिष सारडा,सहसचिव – गंगा प्रसाद यादव,मेम्बरसिप चेयरमैन –दिपेन्द्र कुमार साह,निर्देशक – रामप्रवोध यादव,निर्देशक – डा. रीतेश गीरी,निर्देशक – डा. सुसान्त कुमार स्वतन्त्र,निर्देशक – विजय कुमार यादव,निर्देशक – उपेन्द्र प्रसाद यादव,निर्देशक – शिवदयाल महतो लगायत २५ सदस्यीय समिती सर्वसम्मत रुपमा चयन भएका छन्।

लाईन्स क्लव अफ लहान फूलवारीको संस्थापक अध्यक्ष राकेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नव निर्वाचित नगर प्रमुख चौधरी,उपप्रमुख
रामचलितर महतो सहित कार्यक्रममा उपस्थित लहान ४ का वडा अध्यक्ष रामनाथ पण्डित,लाहा ५ का वडा अध्यक्ष अब्दुल करिम , लहान ७ का अध्यक्ष राम औतार शर्मा, वडा ९ का अध्यक्ष घुरन चौधरी र वडा ११ का अध्यक्ष सुर्य नारायण चौधरीलाई लाईन्स क्लव अफ लहान फूलवारीका पदाधिकारीहरुले सफल कायकालको शुभकामना सहित फूलमाला,गम्छा र अबिर लगाएर स्वागत तथा सम्मान गरेका छन्। कार्यकमलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख चौधरीले आफुले गरिरहेको कार्य प्रति कटाक्ष गर्नेहरुलाई आफ्नो काम र कर्तव्यले जवाफ दिने बताउनु भयो। प्रमुख चौधरीले आफुले गरिरहेको कामको स्पिड कहिले कम नहुने ठोकुवा गर्दै लहानको मुहार फेर्न नगरकार्यपालिकाको कर्मचारी तथा नगरवासिले पूर्ण रुपमा आफुलाई सहयोग गर्नु पर्ने धारणा राख्नु भयो। नगर प्रमुख चौधरीले लहान नगरपालिकाको मुहार फेर्ने देखि लिएर भ्रष्टाचार नियन्त्रण संगै शिक्षा,स्वास्थ्य र रोजगारमा ल्याउने आमुल परिवर्तन बारे जानकारी गराउदा-गराउदै कोरोना कालमा राहत वितरण गर्दा गर्दै आफ्नो श्रीमती संगीता कर्मचार्यलाई गुमाउनु परेको पिडा सुनाउदै भावुक भएका थिए।  

कार्यक्रमा उपस्थित जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य,वडा अध्यक्षहरुको तर्फ बाट राम औतार शर्मा,लाईन्स क्लव अफ लहान सनसाइन की अध्यक्ष पुनम चौधरी, लायन्स क्लव अफ लहान सिटीका चक्रपाणि दाहाल ,लहान सिटि जेसिज अध्यक्ष कुमु चौधरी,संचारकर्मी फिरोज शेख लगायतले शुभकामना मन्तव्य राख्दै उपस्थित नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव सहित लहानको वर्तमान अवस्था बारे जानकारी गराएका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.